Kathmandu Press

छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिइयाे

यसैक्रममा सिरहाको गोलबजार नगरपालिका–१० स्थित कुर्मीटोलको पोखरीमा पनि व्रतालुहरूले श्रद्धा र भक्तिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।
छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिइयाे

सिरहा, कात्तिक २९ : छठ पर्वको अवसरमा आइतबार सिरहासहित तराई–मधेसका विभिन्न नदी, पोखरी, तलाउ तथा जलाशयमा श्रद्धालु व्रतालुहरूले अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ अर्पण गरेका छन् ।

यसैक्रममा सिरहाको गोलबजार नगरपालिका–१० स्थित कुर्मीटोलको पोखरीमा पनि व्रतालुहरूले श्रद्धा र भक्तिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।

छठ पर्वको अवसरमा जलाशयहरूमा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ भने चारैतिर भक्तिमय वातावरण देखिएको छ । सूर्यदेव र छठी माताको पूजा–आराधना गर्दै व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।

प्रकाशित मिति: २१:३३ बजे, आइतबार, कात्तिक २९, २०८३