Kathmandu Press

अभियान लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडाैं, साउन ३० : अभियान लघुवित्तको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।जसअन्तर्गत गोला प्रथाबाट कुल ९१ हजार ३ सय ७५ जना सर्वसाधारण लगानीकर्ताले...
अभियान लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडाैं, साउन ३० : अभियान लघुवित्तको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।

जसअन्तर्गत गोला प्रथाबाट कुल ९१ हजार ३ सय ७५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ। 

Hardik ivf

अभियानले साउन १८ देखि २२ सम्म कुल ९ लाख ७५ हजार कित्ता आइपिओ बिक्री खुला गरेको थियो। आइपिओका लागि १९ लाख ८० हजार ९ सय ७० जनाले आवेदन दिएका थिए। तीमध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको थियो।

खुलाइएको कुल आइपिओमध्ये ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन थिए। 

लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।   

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, साउन ३०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्