म्युजिक नेपालले आइपिओ जारी गर्ने
काठमाडाैं, साउन २५ : सांगीतिक क्षेत्रको कम्पनी म्युजिक नेपालले प्राइभेट लिमिटेड कम्पनी बनेसँगै आइपिओ जारी गर्ने भएको छ।कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गरे...
काठमाडाैं, साउन २५ : सांगीतिक क्षेत्रको कम्पनी म्युजिक नेपालले प्राइभेट लिमिटेड कम्पनी बनेसँगै आइपिओ जारी गर्ने भएको छ। कम्पनीले एक विज्ञप्ति जारी गरेर आईपीओ निस्काशन गर्न लागेको जानकारी दिएको हो।
एनआइसी एसिया क्यापिटलको आइडिया टु आइपिओ सेवाअन्तर्गत साधारण सेयर निष्कासन गर्न लागिएको विज्ञप्तमा उल्लेख छ। यसका लागि एनआइसी एसिया क्यापिटलसँग दुईपक्षीय सम्झौता गरेको कम्पनीले जानकारी दिएको छ।
‘नेपाली संगीत उत्पादन र प्रकाशनमा झन्डै चार दशक लामो यात्रा गरिरहेको यही म्युजिक नेपाल अब प्रालिबाट लिमिटेड कम्पनीमा परिणत भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘म्युजिक नेपाल लिमिटेडले साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र म्युजिक नेपाल लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न गरेको छ।’
आइपिओ निष्काशनसँगै म्युजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सांगीतिक क्षेत्रको पहिलो कम्पनी बन्नेछ। 'स्रष्टाको संरक्षण गरौं, राष्ट्रलाई समृद्ध बनाऔं' भन्ने नाराका साथ २०३९ साउन २४ मा म्युजिक नेपालको स्थापना भएको थियो।



-(56)-1764919423.jpg)






