Kathmandu Press

पिपुल्स पावरले साउन ३१ बाट आइपिओ निष्कासन गर्दै

काठमाडाैं, साउन २२ : पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।   कम्पनीले यही साउन ३१ गतेदेखि...
पिपुल्स पावरले साउन ३१ बाट आइपिओ निष्कासन गर्दै

काठमाडाैं, साउन २२ : पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।   

कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो।

Hardik ivf

कम्पनीले प्रति शेयर रु १०० अंकित दरका २४ लाख ६७ हजार चारसय कित्ता अर्थात् २ प्रतिशत कम्पनीका कर्मचारीलाई र एक लाख २३ हजार ३७० कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार छसय ८२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि  निष्कासन गर्न लागेको हो। 

सार्वजनिक आह्वानपत्रअनुसार सर्वसाधारण लगानीकर्ताले आगामी भदौ  ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे भदौ १४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो शेयर’को वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४मा पर्ने पुवा खोलामा चार दशमलव ९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। उक्त कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ।

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्