Kathmandu Press

म्याग्दीको नारच्याङमा चिस्यान गृह

म्याग्दी, साउन १९ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा फलफूल र तरकारी भण्डारण गर्ने चिस्यानगृह निर्माण भएको छ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तलाको व्यावसायिक कृषि उत्पादन...
म्याग्दीको नारच्याङमा चिस्यान गृह

म्याग्दी, साउन १९ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा फलफूल र तरकारी भण्डारण गर्ने चिस्यानगृह निर्माण भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा न्यु अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोले चिस्यान गृह बनाएको हो। 

Hardik ivf

कृषि फार्मका सञ्चालक प्रेम गुरुङले १० हजार किलोग्राम तरकारी र फलफूल भण्डारण गरेर राख्न सकिने क्षमताको चिस्यानगृह बनाएको ए। 'यस क्षेत्रका कृषकले उत्पादन गरेका सुन्तला जात फलफूल र तरकारीलाई भण्डारण तथा बजारीकरणका लागि चिस्यानगृह बनाइएको हो', उनले भने, 'बेमौसममा बढी मूल्य पार्न सकिनुका साथै बजार नपाउने समस्या पनि हट्ने अपेक्षा गरेका छौँ।'

सुन्तलालाई दुई महिना, स्याउलाई पाँचदेखि छ महिना भण्डारण गरेर राख्न सकिने गुरुङले बताए। माघ–फागुनमा नारच्याङ, दाना, भुरुङ, तातोपानी, घार, हिस्तानमा उत्पादन भएको सुन्तला र भदौअसोजमा मुस्ताङको स्याउ भण्डारण गर्ने योजना छ। 

चिस्यानगृहको भवनमा फलफूल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउने उपकरण जडान गरिएको छ। बेमौसममा सुन्तला र स्याउ बिक्री गर्दा दोब्बर मूल्य पारेर बढी आम्दानी लिन सकिन्छ। सिजनमा उचित मूल्य नपाउने समस्या पनि चिस्यानगृह सञ्चालन भएपछि हट्ने अपेक्षा गरिएको छ। 

चिस्यानगृह बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बेनीस्थित सुन्तला जोन कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा रु १३ लाख अनुदान उपलब्ध गराएको थियो। कुल रु २३ लाख खर्च भएको चिस्यानगृहको पूर्वाधार र उपकरण खरिदमा सञ्चालकले रु १० लाखभन्दा बढी लगानी गरेको बताएका छन्। 

सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले नारच्याङमा म्याग्दी जिल्लामै पहिलोपटक आधुनिक चिस्यानगृह निर्माण भएको बताउनुभयो। उनका अनुसार परियोजनामार्फत पछिल्लो तीन वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङमा फलफूल भण्डारणका लागि सातवटा चिस्यानगृह निर्माण भएका छन्। 

आव २०७९/८० मा चारवटा चिस्यानगृह स्थापना गर्ने लक्ष्य छ। आव २०७६/७७ मा पाँच टन क्षमताको एक, २०७७/७८ मा ४२ टन क्षमताका तीनवटा र २०७८/७९ मा ३० टन क्षमताका तीनवटा चिस्यानगृह स्थापना भएका कृषि अधिकृत बस्यालले बताए।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्