Kathmandu Press

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोडको ‘अकुत’ मुद्दा 

अख्तियारको अनुसन्धानबाट २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सोडारीको तलबभत्ता, पत्नीको बचत, छोराको पारिश्रमिकलगायत शिर्षकमा ८५ लाख ५१ हजार तीन सय ३४ रूपैयाँ वैधानिक आय देखिएको छ। 
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोडको ‘अकुत’ मुद्दा 

काठमाडौं, जेठ ९ : सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (अकुत)को आरोपमा मुद्दा दायर भएको छ। 

अख्तियाले सोडारीविरुद्ध १ करोड आठ लाख ३८ हजार तीन सय दुई रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोग लगाएको छ। 

अभियुक्त सोडारी नेकपा एकीकृत समाजवादीका (एस) का संसदीय दलका नेतासमेत हुन्। उनी पूर्वमुख्यमन्त्री सोडारी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री समेत बनेका थिए। 

अख्तियारको अनुसन्धानबाट २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सोडारीको तलबभत्ता, पत्नीको बचत, छोराको पारिश्रमिकलगायत शिर्षकमा ८५ लाख ५१ हजार तीन सय ३४ रूपैयाँ वैधानिक आय देखिएको छ। 

उक्त अवधिमा जग्गा खरिद, घर निर्माणलगायतमा १ करोड ९३ लाख ८९ हजार ६ सय ३७ रूपैयाँ खर्च देखिएको दाबी अख्तियारको छ।

अनुसन्धानकाक्रममा आम्दानी र खर्चको तुलना गर्दा सोडारीले १ करोड ८ लाख ३८ हजार तीन सय दुई रूपैयाँ गैरकानूनीरूपमा आर्जन गरेको अख्तियारले जनाएको छ। 

सोडारीबाट बिगो असुल गरी त्यति नै जरिबाना र जेल सजायको मागदाबी गरिएको छ। यस्तै, लुकाई छिपाई राखिएको सम्पत्ति जफतको माग पनि अख्तियारले गरेको छ। 
अख्तियारले गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैङ्क मौज्दात देखिएको दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग समेत गरेको छ । 
 

प्रकाशित मिति: १७:१२ बजे, सोमबार, जेठ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्