Kathmandu Press

मधेश प्रदेशसभामाप्रमुख प्रतिपक्षको अवरोध, बैठक स्थगित

आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलिसम्मका लागि स्थगित भएको छ।
मधेश प्रदेशसभामाप्रमुख प्रतिपक्षको अवरोध, बैठक स्थगित

जनकपुर, जेठ २१ : लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ। 

आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलिसम्मका लागि स्थगित भएको छ।

Hardik ivf

जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबिन समिति बनाउने निर्णय गरेको स्मरण गराउँदै अहिलेसम्म सभामुखको निर्देशन कार्यान्वयन नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए। 

उनले अहिलेको जनमत नेतृत्वको सरकारले मधेश प्रदेशमा आर्थिक अनुसाशनको खुलेआम उलंघन गरेको आरोप लगाएका छन्। संघीय छानबीन समिति गठन गर्ने निर्णय १ महिना बढी भइसक्दा पनि गठन नभएकोले सांसद यादवले सरकार सदनप्रति उत्तरदायी नरहेको आरोप लगाएका छन्। 

उनले संसदले पनि मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारलाई समर्थन गरेको आरोप लगाउँदै संसदीय छानबीन समिति गठन नगरेसम्म सदन अवरुद्ध गर्ने बताए। 

त्यसपछि सभामुख रामचन्द्र मण्डलले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएका थिए।
 
 

प्रकाशित मिति: १९:२३ बजे, बुधबार, जेठ २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्