Kathmandu Press

मधेश प्रदेश माओवादी संसदीय दलका नेता साहले दिए राजीनामा

माओवादी केन्द्रका बहुमत प्रदेश सांसदले नेता साहको राजीनामा माग गरे पनि पार्टीका उपसचिव तथा मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको समर्थनका कारण उनी पदमा रहँदै आएका थिए।
मधेश प्रदेश माओवादी संसदीय दलका नेता साहले दिए राजीनामा

धनुषा, जेठ २० : नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले राजीनामा दिएका छन्। 

माओवादी केन्द्रका बहुमत प्रदेश सांसदले नेता साहको राजीनामा माग गरे पनि पार्टीका उपसचिव तथा मधेश प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको समर्थनका कारण उनी पदमा रहँदै आएका थिए।

Hardik ivf

विवाद बढ्दै गएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता साहलाई राजीनामा दिन निर्देशन दिएको जनाइएको छ। उक्त निर्देशनपछि साहले सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन्। 

साहमाथि अनियमितता र पार्टीलाई आघात पुग्ने काम गरेको आरोप लाग्दै आएको छ। मधेश प्रदेशमा माओवादीका नौजना सांसदमध्ये प्रमुख सचेतक फकिरा महतोसहित ६ जना सांसदले नेता साहको राजिनामा माग्दै आएका थिए। 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, जेठ २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्