Kathmandu Press

जलवायुमैत्री कृषिमा सरकारले पहल थाल्ने कहिले ?

जलवायु परिवर्तनले गर्दा रैथाने बालीका जातले पहिले जति उत्पादन दिन सकेका छैनन्। त्यसैले रैथाने बीउ र प्रांगारिक मलको प्रयोग गरी अर्गानिक खेतीमा जोड आवश्यक छ। 
जलवायुमैत्री कृषिमा सरकारले पहल थाल्ने कहिले ?

जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, हिमपहिरो, सुक्खा लगायत प्राकृतिक विपद्को जोखिम बढिरहेको छ। फलस्वरूप कृषिमा समेत असर परिरहेको छ। जलवायु परिवर्तन हुने विभिन्न ग्यासमध्ये कतिपय कृषिबाट पनि उत्पादन हुन्छन्। 

पहिले परम्परागत रुपमा खेती गरिन्थ्यो। गाईवस्तुका मलमूत्र लगायत पातपतिंगर कुहाएर मलको रुपमा प्रयोग गरिन्थ्यो। त्यसले माटोलाई बिगार्दैनथ्यो। अहिले रासायनिक मलका कारण माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको छ। 

जलवायु परिवर्तनले समस्या आउँदा पहिला त्यत्तिकै फल्ने गोलभेडाका लागि अहिले टनेल आवश्यक हुन्छ। पछिल्लो समय अमेरिकन फौजी कीरा सोलुखुम्बुमा समेत देखिएको पाइन्छ। हरेक वर्ष नयाँनयाँ कीरा र बालीमा रोग देखापर्ने गरेको छ। पछिल्लो समय हामीकहाँ रासायनिक मल, प्रांगारिक मल, कीटनाशक विषादी आदिको उत्पादन सम्बन्धमा बहस हुन थालेका छन्। यसमा पनि सरकार चनाखो हुन आवश्यक छ। 

Hardik ivf

जलवायु परिवर्तनका केही सकारात्मक असर पनि देख्न सकिन्छ। जस्तो : हिमाली क्षेत्रमा समेत अहिले किसान गोलभेडा, खुर्सानीजस्ता बाली लगाउन थालेका छन्। जलवायुसँग लडेर हामीले कृषि गर्नुपर्ने अवस्थामा छ। त्यसैले जलवायुमैत्री कृषिको विचार आजभोलि लोकप्रिय बनेको छ। जल्दोबल्दो विषय जलवायुमैत्री कृषिबारे किसान जानकार हुनुपर्छ। खेतीपाती गर्दा किसानलाई मौसमको ज्ञान हुन आवश्यक छ। 

विश्वव्यापी रूपमा रहेको जलवायु परिवर्तनका कारण गर्मीयाममा लामो समयसम्म सुक्खा हुन थालेको छ भने हिउँदमा वायुमण्डल धेरै प्रदूषित भइरहेको छ। यस्तो मौसमसम्बन्धी जानकारी किसानले मौसम विभागबाट पाउन सक्छन्। 

माटोको उर्वरा शक्तिमा ह्रास नआउने किसिमले हामीले खेती गर्नुपर्छ। यसका लागि हामीले कृषि विज्ञसँग सल्लाह लिन सक्छौँ। 

जलवायुमैत्री कृषि तालिम पनि विभिन्न संघसंस्थाले किसानका लागि सञ्चालन गरिरहेका हुन्छन्। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले समुदायको दिगो जीविकोपार्जनका लागि समुदायको अगुवाइमा ‘जलवायु उत्थानशील भूमि–कृषि अभियान’ सञ्चालन गरिरहेको छ। त्यसबाट सिन्धुपाल्चोक र महोत्तरी जिल्लाका किसानले लाभ लिइरहेका छन्। त्यस्ता तालिममा किसान सहभागी हुँदा धेरै कुरा थाहा हुन्छ। 

हामीले बाली जीवनचक्र अनुसार खेती गर्नुपर्दछ। यस वर्ष भेन्टा रोपेको छ भने अर्को वर्ष सोही खेतमा अर्को बाली लगाउनुपर्छ। एउटा बालीमा एक प्रकारको कीरा लाग्छ भने अर्को बालीमा अर्कै प्रकारको। जस्तो : फर्सीमा लाही लाग्छ, यसपटक फर्सीको ठाउँमा करेला लगाउने हो भने त्यहाँ लाही लाग्दैन। यसरी बाली पनि परिवर्तन गर्दै लगाउनुपर्छ। विषादी पनि सही समयमा प्रयोग गर्नुपर्दछ। बाली अनुसारको विषादी फरकफरक हुन्छ। माटो पनि परीक्षण गर्नुपर्छ। 

जलवायु परिवर्तनले गर्दा रैथाने बालीका जातले पहिले जति उत्पादन दिन सकेका छैनन्। त्यसैले रैथाने बीउ र प्रांगारिक मलको प्रयोग गरी अर्गानिक खेतीमा जोड आवश्यक छ। 

हामी आफैँले पनि बोटबिरुवाबाट जैविक विषादी बनाउन सक्छौँ। निमखरी पनि विषादीका रूपमा बनाउन सकिन्छ। निमको तेल तीतो हुन्छ, सो तेल खेतीपातीमा छर्दा खेतीपाती कीराले खाँदैन। रासायनिक मलको प्रयोग कम गर्नुपर्दछ। विषादीमा जैविक विषादी मात्र प्रयोग गर्न सके जलवायुमा सुधार हुन्छ र हामीले खाने खाना पनि स्वस्थकर हुन्छ। 

जलवायु परिवर्तन भयो भन्दैमा हाम्रोजस्तो कृषिप्रधान देशमा खेती गर्न छाड्ने भन्ने हुँदैन। जलवायु परिवर्तन सँगसँगै विभिन्न सुरक्षा अपनाएर खेती गर्न सकिन्छ। 

माटोको उर्वरा शक्तिमा ह्रास नहुने गरी गरिने जैविक खेतीलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ। यसलाई पालिकाहरूले महत्वपूर्ण जिम्मेवारीका रूपमा लिनुपर्छ। वास्तविक किसानको सूची बनाई उनीहरूलाई जलवायुुसम्बन्धी तालिम दिनु र जलवायुमैत्री खेतीका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउनु पालिकाको कर्तव्य हुन आउँछ।

प्लास्टिक घर वा टनेलभित्र खेती गर्दा मौसमलाई आफ्नो अनुकूल बनाउन सकिन्छ भने खेती जोगाउन पनि मद्दत पुग्छ। उदाहरणका लागि टनेलभित्र गोलभेडा खेती गर्दा पानी परेका बेला जोगाउन सकिन्छ। 

हरितगृहमा खेती गर्दा गर्मी रोक्न सकिन्छ। यस्तै, कालो जालीको पनि प्रयोग गर्न सकिन्छ, जुन विशेषतः च्याउ उत्पादनमा प्रयोग हुन्छ। त्यसमा अझ एसी राखिदियो भने हामी बाह्रैमास च्याउ खेती गर्न सक्छौँ। हामीले कृषिमा जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनौँ। हाम्रो उर्वर भूमिलाई जलवायुमैत्री तरिकाले सही सदुपयोग गर्न आवश्यक छ। 

जलवायु परिवर्तन भविष्यमा झन् बढ्दैै जाने आकलन गरिएको छ। जलवायुले खाद्य उत्पादनको तरिकालाई पूरै बदलिदिनेछ। जसबाट विपन्न किसान मारमा रहेका छन्। यस अवस्थामा सबैभन्दा उत्तम र भरपर्दो अभ्यास भनेको जलवायुमैत्री कृषि प्रणाली नै हो। यसमा सरकार (विशेषतः स्थानीय सरकार) सचेत भई अगाडि बढ्न आवश्यक छ। जलवायुमैत्री कृषिका लागि सरकारले आवश्यक पहल थाल्न ढिलाइ गर्नु हुँदैन। 
 

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?