Kathmandu Press

स्पेन गएर नफर्किएका नेपालीबारे रास्वाले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्‍यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर।’
स्पेन गएर नफर्किएका नेपालीबारे रास्वाले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ
फाइल तस्बिर।

काठमाडौं, असार २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नफर्किएका नेपाली बारे प्रधानमन्त्रीको जवाफ मागेको छ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा सांसद सुमना श्रेष्ठले स्पेनमा भएको प्रधानमन्त्री सहभागी कार्यक्रममा गएर नफिर्किएका नेपाली बारे प्रधानमन्त्रीको जवाफ मागेकी हुन्। 

Hardik ivf

‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं?,’ उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्‍यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर।’

सांसद श्रेष्ठले भिजिट भिसाका विषयमा सनमा आन्दोलन चलिरहँदा पनि बिचौलियाहरू किन डराइरहेका छैनन् भन्दै प्रश्न पनि गरिन्। 

‘सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न संकोच। कसको अकरमन्यताले गर्दा यस्तो आट मानव तस्करहरूमा पलाएको हो?,’ उनले भनिन्, ‘सदनको गरिमा त निलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला सभामुख महादय । देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी?’

यस्तै, सांसद श्रेष्ठले मानव तस्करीको जालो ठुलो रहेको उल्लेख गर्दै उनले उच्चस्तरीय छानबिन न्यायिक आयोग बनाउन माग गरिन्। 

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, असार २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्