Kathmandu Press

‘ज्यान मार्ने धम्की आइरहेको छ, तर म न्याय नपाएसम्म लडिरहन्छु’

‘अपरेसन गरेको तेस्रो दिनमै उसले (श्रीमान्) शरीरका टाँका फुत्किने गरी जबर्जस्ती यौनसम्बन्ध राख्यो, आज आएर श्रीमती बनिरहन लायक भइनँ।’
‘ज्यान मार्ने धम्की आइरहेको छ, तर म न्याय नपाएसम्म लडिरहन्छु’

काठमाडौं, असार ३० : जेठको अन्तिम साता निहारिका राजपुतको अनशनको रिपोर्टिङका लागि काठमाडौंको वसन्तपुर दरबार क्षेत्र जाँदा भेटिएकी थिइन्, २९ वर्षीया बिनु यादव। त्यतिबेला आफू कुमारी आमा बनेको भन्दै छोरा र आफ्नो न्यायका लागि निहारिका अनशनमा थिइन्, उनकै अनशनमा ऐक्यबद्धता जनाउँदै बिनु त्यहाँ पुगेकी रहिछन्। 

निहारिकासँग कुराकानी हुँदै गर्दा बिनुले आफू पनि अन्यायमा परेको हामीलाई सुनाएकी थिइन्। आफ्नो पीडा सुनाउन आफूलाई सञ्चारमाध्यम आवश्यक रहेको उनको भनाइ थियो। 

बीचमा हामीबीच फोन वार्ता भइरहन्थ्यो। सोमबार (असार २०) मा उनी काठमाडौं प्रेसको कार्यालयमा आइपुगिन्। आफू श्रीमान् र घरपरिवारबाट अन्यायमा परेको उनको भनाइ छ। उनका अनुसार, ०७५ सालदेखि उनी रामेछाप मन्थलीका एक पुरुषसँग प्रेम सम्बन्धमा थिइन्। विवाहअघि नै गर्भवती भएपछि आफूहरुले विवाह गरेको उनी बताउँछिन्। भर्खरै (७ वैशाखमा) आफ्नो चाहनाविपरीत अदालतबाटै सम्बन्धविच्छेद भएको उनको भनाइ छ।

‘विवाहअघि नै गर्भवती भएँ, गर्भ फाल्न चाहन्नथेँ। शारीरिक समस्या भएकाले अपरेसन गरेर बच्चा फाल्नुपर्‍याे,’ उनी भन्छिन्, ‘अपरेसन गरेको तेस्रो दिनमै उसले (श्रीमान्) शरीरका टाँका फुत्किने गरी जबर्जस्ती यौनसम्बन्ध राख्यो, आज आएर श्रीमती बनिरहन लायक भइनँ। म डिभोर्स गर्न चाहन्नथेँ। तर उसकै पक्षमा फैसला भयो। मैले डिभोर्स फाइलमा सिग्नेचर अझै गरेकी छैन। आइतबार (१९ असार) श्रीमानसँग नाता कायम गरिपाउँ र ममाथि यौन दुर्व्यवहार गर्ने काका ससुरा, नक्कली रिपोर्ट बनाउने चिकित्सक, सत्य सुन्न नचाहने अधिवक्ता लगायतलाई अनुसन्धान गरी कारबाही गरियोस् भनेर निवेदन पेस गरेकी छु।’

बाँकी भिडियोमा हेर्नुस्।


प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, असार ३०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्