Kathmandu Press

कांग्रेस पाल्पा रामपुरकाे संकल्प : सुशासनयुक्त सबल र समुन्नत स्मार्ट रामपुर

पाल्पा, वैशाख २४ : नेपाली कांग्रेस रामपुर नगरले सुशासनयुक्त सबल र समुन्नत स्मार्ट रामपुर बनाउने संकल्प ल्याएको छ।आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै...
कांग्रेस पाल्पा रामपुरकाे संकल्प : सुशासनयुक्त सबल र समुन्नत स्मार्ट रामपुर

पाल्पा, वैशाख २४ : नेपाली कांग्रेस रामपुर नगरले सुशासनयुक्त सबल र समुन्नत स्मार्ट रामपुर बनाउने संकल्प ल्याएको छ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नगर पूर्वाधार, रिङरोडमा चल्ने बिजुली भ्यान, एक वडा एक सुविधा सम्पन्न पार्क, एक वडा एक पुस्तकालयको अवधारणा प्रस्तुत गरेको छ। 

साथै नागरिक हेल्पलाइन, मुख्य स्थानमा सिसी टिभी, डिजिटल पारदर्शिता, नगर एप्सलगायत सङ्कल्प तयार पारी पाँचवर्षे योजना मतदाता माझ ल्याएको छ। अबको एक वर्षभित्रमा हिलोरहित नगर घोषणा गर्ने योजना छ। नगरका विभिन्न ग्रामीण कच्ची सडकलाई स्तरोन्नति, पक्की नाली निर्माण गरी हिलोरहित नगरपालिका बनाउने अभियान रहेको नेपाली कांग्रेसले जनाएको छ। 

Hardik ivf

केही समथर भूभाग र डाँडाभेग भौगोलिक वनावटमा अवस्थित यस नगरका मुख्य तथा भित्रि सडकको स्तरोन्नति गरेर निर्वाचित भएको एकवर्ष भित्रमा सो योजना पूरा गर्ने प्रतिबद्धताअनुसार काम गर्ने घोषणा पत्रमा उल्लेख छ। अबको पाँच वर्षभित्र मुख्य सडकदेखि वडास्तरीय सहरी केन्द्र जाने बाटो पक्की नालीसहित ग्रिन रोड अवधारणा अनुरुप कालोपत्र गरिने योजना अनुरुप निर्वाचनमा होमिएको नगरप्रमुख पदका उम्मेदवार रमणबहादुर थापाले बताए।

फरक क्षमताका बालबालिकाका लागि सीप विकास कार्यक्रमअन्तर्गत शैक्षिक स्याहार तथा सीप विकास केन्द्र स्थापना, प्रत्येक वडामा सुविधा सम्पन्न अपाङ्गमैत्री वडा कार्यालय भवन, नगरपालिका प्राङ्गणमा मिनि आकर्षक हरित पार्क निर्माण गर्ने योजना लिएर चुनावी मैदानमा निस्केको उनको भनाइ छ। 'अबको पाँच वर्षभित्रमा नगरमा अधुरा रहेका काम पूरा गर्ने, कालीगण्डकी उपत्यकाको केन्द्र रहेको रामपुरलाई पर्यटन विकास गरी नमूना पर्यटकीय सहर बनाउने, रिङरोडसहित अवधारणा ल्याइएको हुँदा निकट भविष्यमा रामपुर उपमहानगरपालिकाको निर्माणका लागि प्राथमिक पूर्वाधार तयार गर्ने योजना लिएर आएको छु,' उम्मेदवार थापाले भने।

विसं २०७४ को निर्वाचनमा नगरप्रमुख पदमा विजयी भई स्थानीय सरकार प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका थापाले घोषणापत्रअनुसार नगरमा ९० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो। कालीगण्डकीमा जलयात्रा, रामपुर उपत्यकामा प्याराग्लाइडिङको प्रक्रिया अगाडि बढाइएको बताउनुहुँदै उहाँले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भिजिट रामपुर–२०८० अन्तर्गत प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइकिलिङ, म्याराथन जस्ता कार्यक्रम नगरपालिकाले आयोजना गर्ने बताउनुभयो।

कालीगण्डकी नदीको किनारमा पैदल मार्ग निर्माण गरी रामपुरभित्र रहेका धार्मिक र पर्यटकीयस्थल जोड्ने, मठमन्दिर, मस्जिद, प्रार्थना गृह, गुम्बालगायत धार्मिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्दै धार्मिक आस्थाका अनुसारको दाह संस्कार गर्ने स्थलको व्यवस्थापनलाई निरन्तरता दिइनेछ। फोहरलाई मोहोरको रुपमा परिणत गर्न कुहिने फोहर, गौशाला र कृषि फार्मबाट मल सङ्कलन र प्रशोधन गरी जैविक कम्पोष्ट मल उत्पादन गर्ने, निर्माणाधीन बसपार्कको स्तरोन्नति, हरेक वडामा सुविधा सम्पन्न भलिबल र ब्याडमिन्टन कोर्ट निर्माण, रामपुरको केन्द्रमा सुविधा सम्पन्न घण्टाघर सहितको सहिद स्मृति पार्क, कालीगण्डकी उपत्यकाभित्रका पालिकाहरुसँग समन्वय गरी बृहत्तर सहरको रुपमा विकास गर्न प्रदेश र केन्द्रसँग समन्वय र सहकार्य गर्न रामपुर नगरपालिकाले अग्रहणी भूमिका निर्वाह गर्नेछ। 

तीर्थस्थलमा भजनकृतन, लोपोन्मुख १० अवतार बालन, सम्पूर्ण धार्मिक स्थलहरुमा सांस्कृतिक कार्यक्रम गर्नका निम्ति बजेट व्यवस्थापन गर्ने, लोपोन्मुख जाति बोटे, दरै, कुमालको भाषा, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने, हरेक वर्ष ज्येष्ठ नागरिकलाई नेपालभित्र निःशुल्क तीर्थयात्र गराउने र ज्येष्ठ आदर्श नागरिकका रुपमा सम्मान गर्ने कार्यक्रम पनि  सङ्कल्प पत्रमा समेटिएको छ।

एक नगर एक कृषि विशेष उत्पादन’ कार्यक्रम सञ्चालन गरी नगरभित्र रहेका बाँझो जग्गामा बहुउपयोगी बोटविरुवा, नगदेबाली लगाइने, कृषक वर्गीकरण गरी कृषक परिचयपत्र र कृषकलाई परिचयपत्र उपलब्ध गराई रु २५ हजारदेखि रु पाँच लाखसम्म रकम विनाधितो बैंक, वित्तिय संस्था र सहकारीमार्फत ऋण उपलब्ध गराउनेछ। 

कृषि उपज तथा मासुजन्य, दुग्धजन्य पदार्थमा लगानी बढाइ नगरलाई आत्मनिर्भर बनाउने, व्यावसायिक कृषकको कृषि तथा पशु बीमा, नश्ल सुधार, बाँझोपन निवारण, पशु उपचार घरदैलो सेवा र उत्पादनको बजारीकरणको सुनिश्चितता गर्न दुई वटा स्थानमा कृषि बजारको स्थापना गर्ने, नगरभित्र भूउपयोग नक्सा बनाइ माटो परिक्षण गर्ने र कृषि, पशु प्राविधिकको व्यवस्था गर्ने, उत्पादनमा आधारित उत्कृष्ट कृषकलाई सम्मान र प्रोत्साहन गर्दै अनुदान प्रदान गर्ने, उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम सञ्चालन गरी गाउँमा रहेका महिलाको आर्थिक उपार्जनका लागि वीउ पूँजी कोषको स्थापना गरिने उल्लेख छ।

रामपुर अस्पतालमा विशेषज्ञ डा नियमित रुपमा उपलब्ध गराइ सबै प्रकारका शल्यक्रिया सेवा, मिर्गौला डायलेसिस जस्ता सेवा विस्तार गर्ने, नगर प्रमुख दीर्घरोग व्यवस्थापन कार्यक्रमअन्तर्गत दीर्घरोगी, ६५ वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण निशुल्क घरघरमै गर्ने व्यवस्था, मेरो वडामा नगर डाक्टर कार्यक्रमअन्तर्गत नियमित रुपमा विशेषज्ञ डाक्टर र प्रविधिसहितको स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम बनाइएको छ।

नगरउपप्रमुख सुत्केरी पोषण कार्यक्रमअन्तर्गत सुत्केरी पोषण स्याहार भक्ता रु पाँच हजार पु¥याउने, रामपुर आयुर्वेदिक चिकित्सालयमार्फत प्राकृतिक चिकित्सा, फिजियोथेरापी, व्यायामशालाको व्यवस्था गर्ने, शहरी क्लिनिकको सेवा विस्तार गरी दीर्घरोगीले नियमित रुपमा सेवन गर्ने औषधिको व्यवस्था गरिनेछ।

घोषणापत्रमा २० युनिट वा सोभन्दा कम प्रयोग गर्ने बिजुली निःशुल्क गराउने, नगरभित्रका खानेपानी योजना सम्पन्न गरी ‘एक घर एक धारा’ कार्यक्रमलाई दुई वर्षभित्र सम्पन्न गर्ने, विपन्न परिवारलाई स्वच्छ खानेपानीको महसुल निःशुल्क गर्ने, नागरिकको इन्टरनेटमा पहुँच विस्तार गर्न इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्ने, प्रत्येक वडाको मुख्य स्थानामा फ्रि वाइफाईको व्यवस्था गरिनेछ। 

‘एक वडा एक पुस्तकालय’ कार्यक्रमअन्तर्गत दशवटै वडामा सुविधा सम्पन्न पुस्तकालय बनाइने, नगरभित्रको शिक्षण संस्थाको शुल्क समायोजन गर्ने, शिक्षामा एकरुपता ल्याई बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम अनिवार्य गराई मन्टेश्वरी अवधारणाको तालिम प्राप्त शिक्षकको व्यवस्था गर्ने, मेयरसँग शिक्षक कार्यक्रमअन्तर्गत वार्षिक रुपमा नगरपालिका भित्रका उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई भविष्यमा नगरभित्र पाँच वर्ष सेवा दिने गरी एमविविएस वा प्राविधिक शिक्षा पढ्न चाहने एक विद्यार्थीलाई २५ प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने, इञ्जिनीयरिङ, वन, विज्ञान, व्यवस्थापन विषयमा स्नातक तहसम्म अध्यापन गराउनका निम्ति शिक्षण संस्थालाई बजेट व्यवस्थापन गरी प्रक्रिया अगाडि बढाइनेछ। 

न्यायमा सबैको समान पहुँच र नगरको सुशासनसहित समुचित किासका लागि प्रतिबद्ध भएर लाग्ने नगरउपप्रमुख पदका उम्मेदवार बालकुमारी थापा बताउँछन्। लैङ्गिक समानता, महिला तथा घरेलु हिंसा न्यूनीकरण र नगरका विभिन्न समुदायमा रहेका कुप्रथाको अन्त्य गर्नका लागि सचेतामूलक कार्यक्रम, महिलाको अधिकार सुनिश्चित र न्यायका लागि आफूले नगरमा उम्मेदवारी दिएको उनको भनाइ छ। 

'सीप र क्षमताको आधारमा रोजगारीको अवसर सिर्जना, गाउँमा रहेका महिलाको आर्थिक उपार्जनका लागि बीउ पुँजी कोष स्थापना गर्नेछु,' उनले भने। नागरिक हेल्पलाइन, ‘एक घर एक सीप’ कार्यक्रम सञ्चालन गरी सीप विकास तालिममा सिमान्तकृत, न्यून आय भएका वर्गलाई प्राथमिकता दिने, मासिक तलब भक्ता दिई १५ नेपाली नागरिकभन्दा बढी रोजगारी दिएको उद्योग र संस्थालाई रु ३० लाखसम्म ऋणको ब्याज अनुदान उपलब्ध गराउने, रिङरोड पहिचान गरी बिजुली भ्यान सञ्चालन गर्न सहुलियतमा ऋण प्रदान गर्ने, नगर प्रमुख स्थानीय उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरको मौलिक उत्पादन ठेकी, हाँडी, बाँसको डोकोलगायत सामानको बजारीकरणको सुनिश्चितता गरिनेछ।

रु. १० करोडभन्दा बढी लगानी गरी ३० वा सोभन्दा बढी रोजगारीको व्यवस्था गर्न इच्छुक उद्योगलाई बढीमा ५० प्रतिशत बिजुली खर्च र दुई वर्षको स्थानीय कर छुटको व्यवस्था गर्ने, मजदुरसँग मेयर कार्यक्रमअन्तर्गत सङ्गठित मजदुरको हकमा नगरपालिका बाहिरबाट यस नगरमा आउने मजदुरका निम्ति नगरपालिकाले मजदुर आवास गृह बनाउने, सबै प्रकारका मजदुरको बीमा गर्न सहयोग गर्नेछ। 

नगर विशेष सेवाअन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्ग र अन्य सामाजिक सुरक्षा भक्ता लिन र घर फर्कन नगर सवारीसाधनमार्फत व्यवस्था गर्ने, नगरभित्र विशेष मोडल हाउजिङ म्याप तयार पारी सोही शैलीका घर बनाउन प्रोत्साहन गर्न नगरवासीलाई विशेष कर छुट र अन्य सुविधा प्रदान गर्ने, नागरिक हेल्पलाइनमार्फत २४ सै घण्टा नागरिकको पहुँचमा सुविधा सम्पन्न एम्बुलेन्स, दमकल र अतिआवश्यक सेवा दिइनेछ। 

नगरपालिका मातहतका कार्यालयमा अनलाइन भुक्तानी प्रणालीको सुरुवात गर्ने, नगर एम्पसमार्फत व्यक्तिगत घटना दर्ता घरबाट नै गर्न सक्ने व्यवस्था गर्ने, युवा खेलाडी उत्पादन र प्रोत्साहनका लागि आवश्यकत बमोजिम राष्ट्रियस्तरको प्रशिक्षकको व्यवस्था, शान्ति सुरक्षाका निमित्त आवश्यक ठाउँमा प्रहरी बिट र मुख्य स्थान, बजार क्षेत्रमा सिसीटिभी जडान गरिनेछ।

नगरभित्रको भूमिहिनको समस्स्या पहिचान गरी यथाशिघ्र समाधान गर्ने, महामारी, नदी कटान, भूक्षय र पहिरो आदिको लागि प्राकृतिक प्रकोप र विपद् व्यवस्थापन कोषको व्यवस्था गर्ने, नगर योजना आयोग गठन गरिने र आयोगले सिफारिस गरे बमोजिम योजना प्राथमिकिरण गरिने जनाइएको छ। 

प्रकाशित मिति: १५:०९ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्