मधेशमा तीन मन्त्री नियुक्त, महेश यादव बने अर्थमन्त्री
मुख्यमन्त्री यादवले कांग्रेसका जंगीलाल राय यादव, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेललाई मन्त्री नियुक्त गरेका हुन्।
जनकपुरधाम, मंसिर २१ : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार तीनजना मन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री यादवले कांग्रेसका जंगीलाल राय यादव, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेललाई मन्त्री नियुक्त गरेका हुन्।
उनीहरुमध्ये महेश यादवलाई अर्थमन्त्री बनाइएको छ। जंगीलाल र पटेललाई विनाविभागीय मन्त्री बनाइएको छ ।
आजै नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन्। मुख्यमन्त्री यादवले मंसिर २४ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
प्रकाशित मिति: १४:४७ बजे, आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












