Kathmandu Press

मधेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता यादव नियुक्त

यादवलाई मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता यादव नियुक्त

काठमाडौं, मंसिर १९ : मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नियुक्त भएका छन्। 

यादवलाई मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

यादवले ७७ सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 

यादव कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। 

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, मंसिर १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्