मधेशमा सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए।
जनकपुर, मंसिर १९ : मधेश प्रदेश सरकार गठनका लागि सात राजनीतिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए।
‘मुख्यमन्त्रीको टुंगो लागिसकेको छ, आज २ बजे दाबी पेश गर्न जान्छौं,’ उनेल भने।
सात राजनितिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेको छ।
लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाई छ।
प्रकाशित मिति: ११:२१ बजे, शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-(27)-1764914102.jpeg)

-1764912285.jpg)