अनैतिकता, जादुगरी र चमत्कारीको चमकधमक
धर्म आफैँमा एउटा लागुपदार्थ जस्तै हो। यसको पञ्जामा परेपछि मान्छेले न आफ्नो बुद्धि विवेक प्रयोग गर्न सक्तछ, न कुनै नवीन सिर्जनशीलता। ऊ काल्पनिक, अदृश्य र कहावतको धङधङीमा ढलपल गरिरहन्छ मात्र।पौराणिक कालदेखि वर्तमानसम्म हिन्दू धर्मका घटित क्रियाकलाप र हिन्दू साहित्यमा वर्णित प्रसङ्गहरू विश्लेषण गर्दा यो धर्ममा असङ्ख्य अनैतिकता, जादुगर र चमत्कारले सर्वसाधारणलाई झुलाइरहेको र भुलाइरहेको देखिन्छ।
कृष्णलाई हिन्दूहरू अत्यन्त श्रद्धाका साथ पुज्दछन्, तर महाभारतको युद्ध जित्न कृष्णले अनेकौँ तिकडम रचेका पाइन्छन्। युधिष्ठिरलाई धर्मराज त भनिन्छ तर, जुवा खेलेर पाँच भाइकी साझा पत्नी नै दाउमा राखिदिए। द्रोणाचार्यले आफ्ना शिष्य अर्जुनभन्दा बढी क्षमतावान एकलव्यलाई भेटे तब उनको औँला नै कटाएर लिए। यसरी छलकपटबाट देवता कहलाउनेहरू धेरै देखिन्छन्।
धर्मगुरुहरू आफैँलाई शंकराचार्य, महामण्डलेश्वर, मण्डलेश्वर, स्वामी, बाबाजी कहलाउने होडमा दौडिरहेछन्। साइबाबाले आफ्ना अनुयायीलाई औँठी र विभुत चामत्कारिक शैलीमा पटकपटक बाँडे। तर त्यो चमत्कार नभई जादुगरी भएको प्रमाणित भइसकेको छ। आचार्य रजनीशले आफ्नो जीवनमा लाखौँ युवतीसँग शारीरिक सम्बन्ध राखे। गुजरातको उक सेक्स काण्डमा एक धर्मगुरुले १०० भन्दा बढी कुमारीसँग रंगलीला गरेको समाचार आएको थियो।
शंकराचार्य, आशाराम बापु र उनका पुत्र नारायणदासले कैयौँ युवतीलाई बलात्कार गरेका र सार्वजनिक सम्पत्ति हडपेका घटना सबैमा जगजाहेर छन्। धर्मगुरुहरूले गरेका अनैतिक र अशिष्ट क्रियाकलापलाई पनि धर्मभीरु र धर्मान्धहरूले गुरुको लीलाका रूपमा प्रचारप्रसार गरिदिनाले अशिक्षित, अज्ञानी र परिश्रमको चपेटामा फुर्सद नपाउने मान्छेहरू र गुरुको आशीर्वादले आफ्ना कर्तुत नाश हुने आशामा पछि लाग्ने समाजका ठग, चाटुकार र तस्करका कारण धर्म पतनोन्मुख मार्गमा झरिरहेछ। यसले मानव समाजमै अँध्यारो र मैलोले जकड्याइरहेछ।
हिन्दू धर्मशास्त्र, सिद्धान्त र दर्शनशास्त्र आदर्शको अपेक्षा त राख्दछन् तर व्यवहारमा त्यसो हुन सकेको छैन। पुनर्जन्ममा विश्वास गर्ने, परलोकमा विश्वास गर्ने, भाग्यवादमा भर पर्ने कारण हिन्दूसमाज व्यक्तिवादमा केन्द्रित छ। जे गरिन्छ त्यो आफ्नै लागि गर्नुपर्छ र आफैँले अर्को जन्ममा पाइन्छ भन्ने भ्रम बाँडिएकोले समाजमा सहकार्य र समाज सुधार्ने भन्दा पनि आफ्नै कार्यमा मात्र केन्द्रित हुन प्रेरित गरिरहेछ। रामचन्द्रले रावणसँग युद्ध गर्नुको मुख्य अभिप्राय देश र समाज बनाउनु भन्दा पनि आफ्नी पत्नी सीतालाई फिर्ता ल्याउनुमा थियो।
रावणसँग विजय पनि रणकौशल वा शूरवीरतापूर्वक नभई रावणको भाइ विभीषणको गद्दारीको कारण भएको थियो। विभिषणलाई रावणलाई जितेपछि रावणको गद्धी र रावणकी रानी मन्दोदरी दिने प्रलोभनमा पारिएको थियो। यसले धर्म र नैतिकता स्थापना कसरी हुन्छ ? कृष्णाले समाज र देश बनाउन भन्दा पनि व्यक्तिगत राज्य स्थापना गर्न र स्वर्गप्राप्त गर्न कुरुक्षेत्रको युद्धको लागि अर्जुनलाई प्रेरित गरेका थिए। त्यसबेला भाइभाइको बीच युद्ध भयो, तर त्यसलाई ‘धर्मयुद्ध’ भनियो। कृष्णाले आफ्ना सबै सेना कौरवलाई दिए, आपूm भने निहत्था पाण्डवतिर रहे। यसले जो जीतेपनि उनैप्रति आभार रहने अवस्था बनाए।
यसरी छल, कपट, धुत्र्याईपूर्वक महाभारतको युद्ध जितियो। धर्मको आदर्श मानिएका पक्षहरूनै छलकपट र कूटनीतिबाट भाइहरूलाई हराएर आपूm बिजय भएका छन् भने अरु सर्वसाधारणले त्यसबाट के नैतिक शिक्षा पाउने ? समाजको नब्बे प्रतिशतभन्दा बढी भाग नारी, वैश्य र शुद्र छन्। भगवान भनिएका कृष्ण भने स्त्री, शुद्र र वैश्य भनेका ‘पापयोनि’ हुन् भन्छन् (गीता ९ ः ३२)। भगवान भनेको सबै मान्छेको हुनुपर्नेमा भगवान स्वयंले मान्छेमा विभाजन ल्याउने र हेप्ने काम गर्नु नैतिक पतन काम हो। नारी, शुद्र र वैश्यहरू पाप योनिका हुन् र उनीहरू मेरा शरणमा परे भने मात्र परमधाममा जान पाउँछन् भन्नु अरुलाई होच्याएर आफ्नो चाकडीमा लगाउने चाल हो। यसले समाजको सुधार कसरी हुन सक्तछ :
‘मां हि पार्थ व्यपाश्रित्य येऽपि स्युः पापयोनंय :।
स्त्रियो वैश्यास्तथा शुद्रास्तेऽपि यान्ति परां गतिम्।।’
उपसंहार
हिन्दू धर्म प्राचीन हो। यो धर्मको अनुयायी विश्वको ठुलो हिस्सा छ। यथार्थमा हिन्दू धर्म ‘सर्वजन हिताय’ को मूलमन्त्र बोकेर सुरु भएको थियो। कालक्रममा हिन्दूधर्म मानवहितभन्दा पनि शोषण, छलछाम र पीडाको पोको बन्दै गयो। जातीपातीको विभेद, मान्छे मान्छेमा भेदभाव, अरु धर्म र हिन्दू धर्मका विभिन्न हाँगाबीच समन्वय कायम नहुनु जस्ता कारणहरूले हिन्दू धर्म पतनोन्मुख ढङ्गमा अघि बढेको छ।
देवताको अस्वाभाविक कल्पनाले यो झन् अव्यावहारिक बनेको छ। मन्दिर, देवता र पूजालाई प्रलोभनको डोरीले डो¥याइराखेको छ। मान्छेको आचरण राम्रो बनाउने, सुन्दर जीवनशैलीमा प्रोत्साहित गर्नेभन्दा पनि शक्ति, सामथ्र्य र लोभको फन्दामा हिन्दू धर्म अघि बढाइएको पाइन्छ। धर्म आफैँमा एउटा लागुपदार्थ जस्तै हो। यसको पञ्जामा परेपछि मान्छेले न आफ्नो बुद्धि विवेक प्रयोग गर्न सक्तछ, न कुनै नवीन सिर्जनशीलता। ऊ काल्पनिक, अदृश्य र कहावतको धङधङीमा ढलपल गरिरहन्छ मात्र।
हिन्दू धर्मावलम्वीहरू अब धर्मको धतुरोमा अलमलिनु हुँदैन। समाज र संसार विकासको लागि धर्म विज्ञानसम्मत, प्रमाणिक, यथार्थपरक र उध्र्वोगामी बन्न सक्नुपर्दछ। त्यसो त धर्मको धङ्धङीबाट अलग्गिएर स्वतन्त्र, सवच्छ र उन्नतिशील समाज निर्माणमा नलाग्ने हो भने हरेक मान्छे जन्मदै जालझेल, जालो फोहर र विषाक्तमा धसिन्छ र जीवन उज्यालो भोग्नै पाउदैन। आखिर मान्छे जन्मेको स्वतन्त्र चिन्तन, स्वतन्त्र अध्ययन, सही ठम्याई र संसारलाई उज्यालो बाटो अघि बढाउन हो। अरूको पछि लागेर र अरूकै भक्ति गाएर आफ्नो सिर्जनशीलता नष्ट गर्न ‘एउटा मान्छे’ जन्मेको होइन।
हिन्दू धर्ममा कुनै फलको आशा नराखी काम गर भनिन्छ। व्यवहारमा त्यसो हुन सक्तैन। यो धर्मको मूल आधार ईश्वरको कल्पना हो। ईश्वर भन्ने बित्तिकै आर्थिक वैभव प्रमुख रूपमा देखा पर्दछ। देवतासँग आपूmलाई चाहेको कुरा माग्नु हरेक प्रार्थनामा घुसिसकेको हुन्छ। ऋग्वेदमा देवतालाई प्रार्थना गर्दा भनिन्छ— मलाई अन्न देऊ, धन देऊ, गाई देऊ, आदि आदि। यज्ञ गर्दा घिउ, हव्य आदि अर्पण गरिन्छ तर त्यसवापत अनेकौ धन द्रव्यको अपेक्षा गरिन्छ। जसले जति धेरै दक्षिणा पाउँछ उसले उतिनै लाभ पाउँछ भन्ने पुरोहितहरूको पछि लागेर पनि कयौ बरवाद बनेका छन्। यसले पनि मान्छे सिर्जनशील बन्नुको सट्टा ईश्वरलाई र पुरोहितलाई केही लगानी गरेर बढीभन्दा बढी प्रतिफलको होडमा दौडिरहेछ। यसले मान्छेको प्रतिभा कुण्ठित भएको छ।
अन्य धर्मलाई घृणा गरेर असहिष्णु बन्नु, ब्राह्मणवादको चङ्गुलमा परेर यज्ञ, जप र कर्मकाण्डमा फसेपछि अन्य राम्रा काम गर्न पूmर्सदनै नपाउनु र गर्न नदिनु, मान्छेले बौद्धिक विकास गर्दा धर्मले खुट्टा समात्दिनु, धर्म सधै शक्तिको पक्षमा उभिएकोले असहाय र शक्तिहिनहरू पिडित बन्न बाध्य हुनु जस्ता कारणहरूले मान्छे स्वतन्त्र, विवेकी र प्रगतिशील बन्न गाह्रो भएको छ।
धर्म नमान्नेको स्वास्थ्य बिग्रने, परिवार भत्कने, अपराध बढ्ने, समाजमा अव्यवस्था फैलने र मृत्युपश्चात पनि तडपिरहनु पर्ने हल्लाहरू धर्मले समेटेको छ। यसले धर्मलाई हर श्वासबाट मुक्त हुन दिइएको छैन। धर्मले जीवनलाई मित्थ्या र बेकारको भन्दछ। यस हिसावले यो श्वास श्वासमा घुलिएको रोग हो। यो यस्तो चिलाउने रोग हो जसलाई जति कन्यायो आनन्द मिल्छ तर कन्याउँदैमा रोग निको हुँदैन। रोगबाट मुक्त नभएसम्म मान्छे स्वस्थ हुनै सक्तैन। गर्भधारण, जन्म, ब्रतबन्ध, विवाह, मृत्यु र त्यसपछि पनि धर्मको कारण मान्छे यसो गर्ने पर्ने र यसो गर्न नहुनेमा निर्देशित हुन्छ। परिणाम स्वरुप एउटा मान्छे कहिले पनि सफा, स्वच्छ र नवीन शैलीमा चिन्तन गर्न र कार्य गर्न बञ्चित हुने भयो।
सधैँ यसो गर्नु हुन्छ, यसो गर्नु हुँदैन भन्ने थोत्रा नियम, समयको महत्त्व नबुझेका र उन्नतिको मागेमा अघि बढाउन मद्धत नगर्ने शास्त्रविधानहरू समेटेर मान्छेको उन्नति हुनै सक्तैन। प्रत्येक मान्छे स्वतन्त्र जन्मन्छ। संसार सुन्दर, शालिन र उन्नतिशील बनाउन हरेक मान्छेको बेग्लाबेग्लै भूमिका रहन्छ। सिमित व्यक्तिहरूको फाइदाले प्रेरित विधानहरू लादेर धर्मको हौवा पिटाउनाले मान्छेको महत्वमा तेजोबध हुँदै गइरहेछ। मादक पदार्थमा लट्ठिएको मान्छेले आखिर सोच्ननै के सक्तछ र ?
खबरदार, अब धतुरोको धङ्धङीमा फसाउने अधिकार अब कसैलाई छैन।