Kathmandu Press

नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले अवहेलना मुद्दामा पाए सफाई

घिमिरेले दिएको अभिव्यक्तिले सर्वोच्च अदालतको मानमर्दन भएको प्रश्न उठाउँदै सर्वोच्च प्रशासनका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले २०८१ असोज १४ गते अवहेलना मुद्दा दिएका थिए।
नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले अवहेलना मुद्दामा पाए सफाई

काठमाडौं, मंसिर २२ : अदालतको अवहेलनामा मुद्दा चलाइएका नेपाल बार एसोसिएसनका तत्कालिन अध्यक्ष गोपालकृष्ण घिमिरेले सोमबार अभियोगबाट सफाइ पाएका छन्। 

सर्वोच्च अदालतका न्यायाधीश सिफारिस सम्बन्धमा घिमिरेले दिएको अभिव्यक्तिले सर्वोच्च अदालतको मानमर्दन भएको प्रश्न उठाउँदै सर्वोच्च प्रशासनका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले २०८१ असोज १४ गते अवहेलना मुद्दा दिएका थिए। 

मुद्दा चलेको एक बर्षपछि ‘दाबी नपुग्ने’ भन्दै सर्वोच्चले सोमबार अभियोगपत्र खारेज गरेको छ। 

वरिष्ठ अधिवक्ता घिमिरेले काठमाडौं बारद्वारा आयोजित कार्यक्रममा ‘प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको’ भन्दै अभिव्यक्ति दिएको दाबी अवहेलना मुद्दामा गरिएको थियो। 

तत्कालिन बार अध्यक्ष घिमिरेको उक्त अभिव्यक्ति सर्वोच्चमा न्यायाधीश सिफारिस गरिएका उच्च अदालतका तत्कालिन न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सन्दर्भमा आएको थियो। 

सर्वोच्च प्रशासनबाटै प्रतिवेदन उठाएर कारण तत्कालिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सर्वोच्च अदालतको मानमर्दन गरेको दाबीसहित मुद्दा लगाइएको थियो। 

 

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, मंसिर २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्