Kathmandu Press

माओवादीले माओबाट सिक्ने राष्ट्रिय स्वार्थ कि सिद्धान्त?

माओले चीनको सोभियत संघसँग सन् १९६९ मा सीमा युद्धपछि अमेरिकातिर मित्रताको हात मिलाएका थिए, राष्ट्रको निम्ति कुनै वादभन्दा महत्वपूर्ण राष्ट्रिय स्वार्थ हुन्छ भन्दै।

....
माओवादीले माओबाट सिक्ने राष्ट्रिय स्वार्थ कि सिद्धान्त?
काठमाडौं प्रेस इलुस्ट्रेशन

माओले चीनको सोभियत संघसँग सन् १९६९ मा सीमा युद्धपछि अमेरिकातिर मित्रताको हात मिलाएका थिए, राष्ट्रको निम्ति कुनै वादभन्दा महत्वपूर्ण राष्ट्रिय स्वार्थ हुन्छ भन्दै।

सन १९७८मा देङ स्याओपिङले चिनियाँ विद्यार्थीहरु अमेरिका पढ्न पठाउन थाल्दा पश्चिमाहरुको शिक्षाबाट चीन डराउनुपर्दैन,सबै नफर्किए पनि जति फर्किन्छन्,  तीबाट पनि चीनलाई निकै फाइदा हुनेछ भनेका थिए।

यसरी राष्ट्रिय स्वार्थलाई अगाडि राखेर नीति बनाएकोले चीन गएको केही दशकमा विकसित र बलियो भएको छ।

Hardik ivf

हाम्रा नेताहरु भने फरक छन्।

नेपाल खुला हुनेवित्तिकैको सन् १९५० देखि १९६० को दशकमा अमेरिका नेपालको सबैभन्दा ठूलो दाता थियो।अमेरिकाले त्यही बेला चितवनको मलेरिया उन्मूलन गर्ने, नारायणघाट–हेटौंडा सडक बनाउन सहयोग गर्ने, रामपुरमा कृषि क्याम्पस बनाइदिने, सयौं विशेषज्ञलाई ट्रेनिङ दिने जस्ता सहयोग गरेको थियो।

२००८ सालमा नेपालमा विदेशी सहयोग आउन थालेको थियो। सरकारी तथ्यांक हेर्दा २००८/०९, २००९/१०, २०१०/११, २०११/१२, २०१४/१५, २०१५/१६, २०१६/१७, २०१७/१८, २०१८/१९, २०१९/२०, २०२०/२१, मा हाम्रो सबैभन्दा ठुलो दाता अमेरिका थियो भने २०१२/१३ मा भारतपछिको दोश्रो ठूलो दाता थियो।

हाम्रो राष्ट्रिय स्वार्थसँग कुनै सम्बन्ध नभएको मुलुकलाई लिएर हाम्रो मित्र राष्ट्रलाई गाली गर्नुपर्ने, वक्तव्य निकाल्नुपर्ने आवश्यकता देख्नुहुने हाम्रा माओवादीहरुले माओबाट सिकेको चाँही के रहेछ ?

सरकारी आँकडा अनुसार हाल पनि अमेरिकाकै यूएसएड नेपालको सबैभन्दा ठूलो द्विपक्षीय सहायता गर्ने संस्था हो भने विश्व वैंक र एशियाली वैंक नेपालका सबैभन्दा ठूला वहुपक्षीय दाता संस्थाहरु हुन्, जहाँ अमेरिकाकै सबैभन्दा धेरै सेयर छ।

आज पनि अमेरिकामा हजारौ नेपाली पढ्न गएका छन, हजारौंले छात्रवृत्ति पाएका छन। लाखौं नेपाली त्यहाँको वासिन्दा छन्। अमेरिकामा गोली चल्यो भने यहाँका लाखौ घरमा मान्छे झसङ्ग हुन्छन् र कहाँ यस्तो भएछ भनेर हेर्छौं। गएको वर्ष भारत र चीनपछि सबैभन्दा धेरै अर्थात ९१,७८५ जना पर्यटकहरु अमेरिकाबाट आएका थिए भने अमेरिका स्थित फोर्ड फाउण्डेशन, गेट्स फाउन्डेशनजस्ता गैरसरकारी फाउण्डेशनहरुको पनि नेपालमा निकै लामो सहयोगको इतिहास छ।

हाम्रो देशमा अहिले पनि अमेरिकी सहयोगमा विभिन्न काम भैरहेका छन। रु ५५ अरबमा बन्न लागेको हेटौंडादेखि नौबीसे हुँदै बुटवल जाने ४०० केभिको ट्रान्स्मिसन लाइन संभवतस् कुनै पनि देशले पूर्ण अनुदानमा बनाइदिन लागेको सबैभन्दा ठूलो परियोजना हो ।

हाम्रो राष्ट्रिय स्वार्थसँग कुनै सम्बन्ध नभएको मुलुकलाई लिएर हाम्रो मित्र राष्ट्रलाई गाली गर्नुपर्ने, वक्तव्य निकाल्नुपर्ने आवश्यकता देख्नुहुने हाम्रा माओवादीहरुले माओबाट सिकेको चाँही के रहेछ ?

पौडेल अर्थशास्त्री हुन् । 

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, माघ १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?