Kathmandu Press

शेयर बजारमा आज सकारात्मक संकेत

काठमाडौं, भदौ १७ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २० दशमलव ५७ ले बढेर ११९० दशमलव ९० को विन्दुमा पुगेको छ। 

दोस्र....

शेयर बजारमा आज सकारात्मक संकेत

काठमाडौं, भदौ १७ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २० दशमलव ५७ ले बढेर ११९० दशमलव ९० को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा १ दशमलव ७६ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार ११७० दशमलव ३४ को विन्दुमा खुलेको थियो भने ११९१ दशमलव ३१ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११५६ दशमलव ६८ थियो। आज ५१ करोड ५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था  


आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको संस्थापक शेयर किनबेच भएको छ। नेपाल बंगलादेश बैंकको ५ करोड ७२ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज युनिभर्सल पावर कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ४६ प्रतिशतले कमाए भने सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ८५ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनअघिको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार ११९० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२०० मा रहेको देखिन्छ। त्यस्तै, बजारको तत्कालीन टेवा ११३० देखि ११६० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजारले यही क्षेत्रमा टेवा प्राप्त गरी ११९० को प्रतिरोध क्षेत्रमा बजार बन्द भएको छ।  


चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो प्रवृत्तिमा रहे पनि हिजो र आजको मैनबत्तीले बुलिस एन्गल्फिङ्ग आकृति बनाएको र आज बुलिस पिन बार पनि बनाएको देखिन्छ। यसले अर्को कारोबार दिनमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले अन्तिम मैनबत्तीलाई समर्थन गरेको देखिन्छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत तीन दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। दुई दिनदेखि बजार घट्दो प्रवृत्तिमा रहेको थियो भने आज बजार सकारात्मक देखिएको छ। 

आजको कारोबारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले गोल्डन क्रस बनाएको छ। यसले बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ८६ दशमलव ६८ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले आज क्रेताको चाप रहेको र शेयर बढी खरिद भएको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकले बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार ११९० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुने संकेत गर्दछ। यदि  १२०० भन्दा माथि स्थिर रहेमा घट्दो बजारको प्रवृत्तिमा केही समयका लागि निश्चित रुपमा परिवर्तन हुन सक्ने संकेत गर्दछ। त्यस्तै, यदि बजार ११५५ भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। 
 

प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्