Kathmandu Press

वैदिक सनातन धर्म

चार्वाकले भनेका छन्-‘जबसम्म जीवन हुन्छ तबसम्म सुखपूर्वक बाँच। मृत्युबाट बचाउने यहाँ कोही छैन। हाम्रो यो शरीर जब भस्म हुन्छ, तब यसको पुनरागमन कसरी हुन्छ ? ऋण लिएर भए पनि घिउ खाऊ। यो शरीर जलेर खरानी भएपछि फेरि कहाँ फर्कन्छ ?’
वैदिक सनातन धर्म

मानव विकासका क्रममा फिरन्ते समाज छाडेर एकै ठाउँमा बसी कृषि कर्म गर्न थालेपछि अँध्यारोमा केही नदेखिने सूर्योदयपछि सर्वत्र झल्झलाकार हुने र हावा, पानी, रूख, बिरुवा, आगोले आफूलाई हित गरेको कुरा मान्छेले पत्तो पायो। प्राकृतिक विपत्ति, हिंस्रक जनावरको आक्रमण र अनपेक्षित घटना पनि व्यहोर्नुपर्ने बाध्यतामा मान्छे डरायो। आफूलाई हित तथा अहित गर्ने ती सबै कुरा कुनै न कुनै अलौकिक तत्त्व वा ईश्वरबाट सञ्चालित हुनुपर्छ भन्ने कल्पना गर्दै प्राकृतिक तत्त्व– घाम, पानी, चन्द्र, पृथ्वी, हावा, अग्नि, हिंस्रक जन्तुहरूलाई पुग्ने विधानहरू तय गर्‍यो र त्यसबारेमा विभिन्न धार्मिक साहित्य खडा गरिए। यो नै वैदिक सनातन धर्मको स्वरूप थियो।

ऋग्वेद सर्वप्राचीन वैदिक साहित्य हो। यसमा प्रकृतिपूजाका मन्त्रहरूले सजाइएको छ। यसमा ईश्वरलाई अमूर्त व्यक्तित्वको रूपमा उभ्याइएको छ र उसलाई आदर्शको रूपमा मानिएको छ। वैदिक बहुवेदवादमा सर्वेश्वरवादको झलक पाइन्छ। यसमा सृष्टि ईश्वरबाट नै भएको र ईश्वरले चाहेमा अपराधीलाई पनि माफ गर्न सक्तछन् भन्ने मान्यता अघि सारियो। यसले गर्दा साधु सन्तहरूले ध्यान गरेपछि खराब काम गरेको पापबाट पनि मुक्ति पाउन सकिने प्रचार गरियो। त्यसले गर्दा समाजमा टाठाबाठाले धर्मको नाममा आफू पापकर्म गरेर पनि सुरक्षित हुने बाटो अवलम्बन गर्न थाले। वैदिक धर्मको छलछाम र अदृश्य ईश्वरको कल्पना झुटो हो भन्ने अर्को धार पनि त्यसैबेला जन्मियो। त्यो धारले अदृश्य ईश्वर भन्ने नै हुँदैन, जे जति सुख–सुविधा पाउने हो, त्यो वर्तमानमै लिनुपर्छ भन्नेमा जोड दियो।

वैदिक सनातन धर्ममा देवता अदृश्य छ तर, हितकारी छ भन्ने कल्पना गरियो। ईश्वर तटस्थ बस्छ र खराब काम गर्नेलाई दण्ड दिन्छ भन्ने धारणा अघि सारियो।

Hardik ivf

वैदिक कालमा उपनिषद् आयो। उपनिषद् कर्मकाण्डको पुस्तकभन्दा फरक रूपमा आयो। उपनिषद् ऋषिको ठूलो चिन्तनबाट जन्मेको थियो।

छैटौँ शताब्दी ईशापूर्वपछाडिको धार्मिक साहित्य अध्ययन गर्दा वैदिक सनातन धर्मपछि ठूलो फड्को मारेको देखिन्छ। यसअघिको देवतालाई मन्त्रद्वारा प्रार्थना गर्ने परम्परा तोडियो। त्यसको सट्टा यज्ञ अनुष्ठानबाट देवतालाई खुसी गर्नुपर्छ भन्ने मान्यता आयो। यसले आध्यात्मिक जीवन समाप्त गर्नेतर्फ मोड लिएको पाइन्छ। पुजारीले ठीक किसिमले र अत्यन्त कठोरपूर्वक देवताको पूजा गर्नुपर्छ भन्ने मान्यताको प्रसार हुन थालेपछि समाजमा पूजारीको सेवा गर्नु नै धर्म हो भन्ने मान्यताले बढावा पाउन थाल्यो। देवतालाई सन्तुष्ट पार्ने तागत पूजारी (ब्राह्मण) मा मात्र हुन्छ भन्ने कुरा प्रचारमा ल्याएपछि पूजारी (ब्राह्मण) शक्तिशाली बन्ने कोसिस सुरु भयो।

उपनिषद्ले समाजमा केही प्रमुख सिद्धान्त जन्मायो, त्यसले देवताको अलावा वीरहरू र राजाहरू पनि जन्मायो। राजाहरू योद्धा हुनुको साथै दार्शनिक र जिज्ञासु हुनुपर्ने मान्यता राखिएकामा ब्राह्मणले त्यस विचारलाई स्वीकार गर्दै कर्मकाण्डको अर्थ प्रतिपादित गरे। यसले सर्वसाधारणमा अमूर्त सत्ताको मान्यता झन् बढ्यो। यसबाट ईश्वर प्राप्त गर्न ज्ञानकाण्ड र कर्मकाण्ड दुई कुराहरू जरुरी छ भन्ने विकास भयो।

ब्राह्मण युगमा परलोकको कल्पना गरियो। परलोक दिव्य प्रकाशयुक्त छ भनियो। उपनिषद्मा एक विश्वात्माको कल्पना गरी जीव उसैको अंश हो भनियो।

वैदिक कालमा ब्राह्मणको क्रियाकलापको प्रतिक्रिया स्वरूप निरीश्वरवाद वा भौतिकवादको जन्म भयो। भौतिकवादले ईश्वर नभएको उद्घोष ग¥यो। पण्डित भनिने ब्राह्मणहरू लोभी भएको र उनीहरूले स्वर्गको मनमोहक काल्पनिक चित्र तेस्र्याएर सोझा जनतालाई ठगिरहेको कुराको विरोध स्वरूप पनि भौतिकवादको ख्याति बढ्यो। त्यसै समय बृहस्पतिका चेला मानिएका चार्वाकको विचारधारा टड्कारो रूपमा ईश्वर, आत्मा, पुनर्जन्मको विरुद्धमा खनियो। चार्वाकले स्पष्ट शब्दमा ईश्वरको अस्तित्व नभएको कुरा बताए। धर्म पण्डितहरूको ‘भण्डधूर्तनिशाचरः’ मात्र हो भन्ने उनको भनाइ थियो। चार्वाकले भने- ‘जबसम्म जीवन हुन्छ तबसम्म सुखपूर्वक बाँच। मृत्युबाट बचाउने यहाँ कोही छैन। हाम्रो यो शरीर जब भस्म हुन्छ, जब यसको पुनरागमन कसरी हुन्छ ?

‘यावज्जीव सुखं जीवेन्नासित मृत्युगोचर :।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुत :।’

उनले अर्को ठाउँमा भने- ‘जबसम्म जीवन हुन्छ तबसम्म सुखपूर्वक बाँच। ऋण लिएर भए पनि घिउ खाऊ। यो शरीर जलेर खरानी भएपछि फेरि कहाँ फर्कन्छ ?’

‘यावज्जीवेत्सुखं जीवेदृणं कृत्वा घृतं पिवेत्
भस्मीभूतस्य देहस्य पुनरागमन कृत :।

चार्वाकले धर्म विरुद्धको दर्शन प्रस्तुत गरेपछि धर्मवादीले चार्वाकवादी विचारलाई ‘नास्तिक’ र ‘पथभ्रष्ट’ को संज्ञा दिन थाले। तर, चार्वाक दर्शनले समाजमा ठूलो तरंग ल्यायो। यसले समाजमा जीवन सुन्दर छ र यसलाई पुनर्जन्ममा होइन, जीवनकालमै समृद्ध बनाउनुपर्छ भन्नेमा जोड दियो। चार्वाकको भनाइमा दुःख मिल्छ भनेर सुख छोड्न मिल्दैन। सुख प्राप्त गर्न केही दुःख त व्यहोर्नैपर्छ, जसरी चामल प्राप्त गर्न केही भुस त हटाउनै पर्छ। पशुले खाएर नष्ट गरिदिन्छ भनेर खेती नै नगर्नु, माग्नेहरूलाई दिनुपर्ला भनेर खाना नै नपकाउनु बेकार हो भन्ने उनको तर्क थियो।

चार्वाकको समयमा ब्राह्मणले धर्मको नाममा अत्याचार बढाएका थिए। ब्राह्मणहरू आफूलाई ईश्वरको दूत मान्थे। उनीहरूको सहायताले मात्र मान्छेलाई ईश्वर प्राप्त हुने भ्रम फैलाइएको थियो। समाजमा जसले बढी खर्च गरेर ब्राह्मणलाई खुसी पा¥यो, उसले बढी ईश्वर भेट्न सक्छ भन्ने तर्कले समाज आक्रान्त थियो। चार्वाकले त्यसको घोर विरोध गरे। उनले कर्मकाण्ड ठगी खाने भाँडो हो, अल्छी र समाजविरोधीहरूको उपज मात्र हो भन्नेमा वकालत गरे।

प्राचीन कालमा प्रार्थना प्रकृति पूजासँग जोडिएको थियो। सुरुको पूजामा कृत्रिमता थिएन, सत्यको पक्षमा थियो। पछि ईश्वरलाई अमूर्त व्यक्तित्वको रूपमा उभ्याइयो। उसलाई नैतिक गुणहरूले विभूषित गरियो। त्यतिखेरका देवताहरू पनि उषा, अश्विन, अग्नि, पर्जन्म, सूर्य, आदित्य, पृथवी आदिलाई मानिएको थियो।

वैदिक देवताहरू हितकारी थिए। ती देवताहरूको कल्पना धर्म संस्थापकको रूपमा गरिएको थियो। प्रकृतिलाई पूजा गर्नुपर्छ भन्ने त्यतिखेरको मान्यता थियो।

छैटौँ या सातौँ ईशापूर्वपछि शासकले देवताको प्रार्थना गर्न थाले, जुन यज्ञ अनुष्ठानका रूपमा परिणत भयो। यसले आध्यात्मिक जीवन समाप्त भयो। त्यसबेला ब्राह्मण वा पूजारीको जन्म भयो। उनीहरूले यज्ञ अनुष्ठान कठोर ढंगले पूरा गर्नुपर्छ भनेर आफ्नै ढंगले विधि–विधान बनाउन थाले। उनीहरूले पुजारीको सेवा गर्नु धर्म हो भन्ने भ्रम फैलाए। कथा वाचन र स्तुति गरेर पूजा गराउने प्रथा सुरु भयो।

परलोक छ भन्ने हल्ला बेसरी फैलाइयो। पापीले पाप भुक्तान गर्न दोस्रो जन्म लिनुपर्छ भनियो। धन खर्च गरेर पूजारीद्वारा पूजापाठ गराए र बढी दान गरे जस्तोसुकै पाप पनि पखालिन्छ भन्दै धर्मलाई व्यापारको माध्यम बनाइयो। पूजारीहरू झन्झन् भ्रष्ट हुन थाले।

 

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?