Kathmandu Press

कैदीको मृत्युपछि आफन्तद्वारा वीरगञ्जमा प्रदर्शन

२८ वर्षीय कैदी राहुल साहको मंगलबार मृत्यु भएको थियो। शारिरिक अभ्यासका क्रममा बोहोस भएका उनलाई तत्कालै अस्पताल लगेलगत्तै उनको मृत्यु भएको हो।
कैदीको मृत्युपछि आफन्तद्वारा वीरगञ्जमा प्रदर्शन

पर्सा, साउन २७ : अहिले वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेको छ।  एक कैदीको मृत्यु भएपछि आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि आफन्तले टायर बालेर प्रदर्शन गरिरहेका छन्।

२८ वर्षीय कैदी राहुल साहको मंगलबार मृत्यु भएको थियो। शारिरिक अभ्यासका क्रममा बोहोस भएका उनलाई तत्कालै अस्पताल लगेलगत्तै उनको मृत्यु भएको हो।

Hardik ivf

उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय भोगिरहेका थिए।

साहको मृत्युपछि आफन्तहरुले कारागार प्रशासनको लापरबाही भएको आरोप लगाएका छन्। 

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, साउन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्