Kathmandu Press

५ लाख ४० हजार आवेदकले पाए सानिमा लाइफकाे आइपिओ

काठमाडौं, साउन ३० : ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ सेयर पाएका छन्।कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको...
५ लाख ४० हजार आवेदकले पाए सानिमा लाइफकाे आइपिओ

काठमाडौं, साउन ३० : ५ लाख ४० हजार आवेदकले १० कित्ताका दरले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ सेयर पाएका छन्।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपिओ शनिबार बाँडफाँड गरेको हो। कम्पनीका अनुसार २४ लाख १९ हजार ८ सय ४८ जनाले आइपीओ माग गर्दै आवेदन दिएकोमा २३ लाख ८ हजार १ सय २२ आवेदन योग्य भएका थिए।

आवेदन दिनेमध्ये १७ लाख ६८ हजार १ सय २२ जना आवेदक आइपिओ पाउनबाट वञ्चित भए। आईपीओ बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण गरिएको छ।

कम्पनीले साउन २० देखि २४ गतेसम्म आइपिओका लागि आवेदन खुला गरेको थियो।

प्रकाशित मिति: १३:३० बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्