Kathmandu Press

एमालेले टुंग्यायो समानुपातिकका १६ सांसदको नाम

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।
एमालेले टुंग्यायो समानुपातिकका १६ सांसदको नाम

काठमाडौं, फागुन ३० : नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो।

Hardik ivf

जसअनुसार जनजाति महिलाबाट भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषमा रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन्। यस्तै, खस आर्य महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल,  एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) परेका छन् भने पुरुषमा गुरुप्रसाद बराल, पुष्पराज कंडेलको नाम सिफारिस भएको छ।

यस्तै, थारु कृपाराम राणा सिफारिस हुँदा दलित महिलामा विष्णुमाया विके, नीता घटानी, मधेसी महिला रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषमा चन्द्रेश्वर मण्डल परेका छन्। मुस्लिम महिलामा साजिदा सिद्दीकीको एमालेले सिफारिस गरेको छ।

प्रकाशित मिति: १५:४३ बजे, शनिबार, फागुन ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्