Kathmandu Press

साताका सात समाचारः सर्वोच्चको फैसला, देउवाको शपथ, ओलीको बहिर्गमन...

गत साता देशमा विकास भएका राजनीतिक घटना र परिघटनाकै वरपर सबैको ध्यान केन्द्रित भयो। प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला र त्यसले देशको राजनीतिक वृत्तमा ल्याएको हलचलले गत साता मिडियामा प्रमुखताका साथ स्थान पाए।
साताका सात समाचारः सर्वोच्चको फैसला, देउवाको शपथ, ओलीको बहिर्गमन...

काठमाडौं, साउन २: गत साता देशमा विकास भएका राजनीतिक घटना र परिघटनाकै वरपर सबैको ध्यान केन्द्रित भयो। प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला र त्यसले देशको राजनीतिक वृत्तमा ल्याएको हलचलले गत साता मिडियामा प्रमुखताका साथ स्थान पाए। त्यो क्रम यो साता पनि जारी नै रहनेछ।

निवर्तमान प्रधानमन्त्री केपी ओलीको बहिर्गमन र शेरबहादुर देउवाको शपथग्रहणले समाचार मात्र होइ नगत साता सामाजिक सञ्जालमा पनि ठूलै स्पेस पाएका थिए। यीलगायत गत साता प्रमुखताका साथ प्रकाशन भएका ‘साताका सात समाचार’हरु यहाँ प्रस्तुत गरिएको छ।

पढ्नुका साथै तपाईंले साताका सात समाचार भिडियोमा पनि हेर्न सक्नुहुनेछ।

१) सर्वोच्चको फैसलाः प्रतिनिधिसभा विघटन बदर, प्रधानमन्त्रीमा शेरबहादुर देउवा

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदरको निर्णय गर्दै संसद पुनःस्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको थियो ।

सर्वोच्चले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो। प्रतिनिधिसभा पुनःस्थापना माग गर्दै कांग्रेस सभापति देउवासँगै १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। रिटमा पक्ष र विपक्षको बहसपछि एमिकस क्युरीको पनि राय सुनेर सर्वोच्चले असार २८ गते सो फैसला गरेको हो।

सबै समाचार पढ्नुहोस्ः

• सर्वोच्चको संवैधानिक इजलासबाट प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी

• नवनियुक्त प्रधानमन्त्री देउवाको शपथमा ओली नजाने 

• यस्तो छ प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको १६७ पृष्ठ लामो फैसला (पूर्णपाठ)

• सर्वोच्चको फैसलाले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ : देउवा

• सर्वोच्चको फैसलाप्रति सामाजिक सञ्जालमा प्रतिक्रियाः ढल्यो ओलीको दम्भको धरहरा

२) देउवाले लिए प्रधानमन्त्रीको सपथ, ओली आएनन्

शेरबहादुर देउवाले नेपालको ४३औं प्रधानमन्त्रीका रुपमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयले दिएको नियुक्ती पत्रमा अदालतको परमादेश बमोजिम संविधानको धारा उल्लेख नगरिएको भन्दै देउवाले सुरुमा शपथ लिन मानेका थिएनन्। राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएपछि मात्र उनले शपथ लिएका थिए।
देउवाको शपथग्र हणमा निवर्तमान प्रधानमन्त्री केपी ओली भने उपस्थित भएनन्। मृत्यु भएको अवस्था बाहेक आफ्ना उत्तराधिकारीको शपथग्रहणमा निवर्तमान प्रधानमन्त्री उपस्थित नभएको यो इतिहासमै पहिलोपटक हो।

यस्तै, सपथग्रहण पछि देउवाले चार सदस्यीय मन्त्रीमण्डल पनि विस्तार गरे। कांग्रेसबाट बालकृष्ण खाँणले गृह मन्त्रालय तथा ज्ञानेन्द्रबहादुर कार्कीले न्याय, कानून तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा प्रभाकरले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा पम्फा भुषालले भने उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय सम्हाल्ने भएकी छिन्।

सबै समाचार पढ्नुहोस्ः

• शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

• कांग्रेस सभापति देउवा मुलुकको ४३ औँ प्रधानमन्त्री, लिए पद तथा गोपनीयताको सपथ

• नवनियुक्त प्रधानमन्त्री देउवाको शपथमा ओली नजाने 

• देउवाको पाँचौँ प्रधानमन्त्रीत्व : अवसर र चुनौती दुवै

• कांग्रेसबाट खाँण र कार्की, माओवादीबाट शर्मा र भुसाल मन्त्री

३) लावालस्कर सहित बालुवाटार छोडेर बालकोट गए ओली

निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली बालुवाटारस्थित सरकारी निवास छाडेर बुधबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेका छन्। बालुवाटारबाट निस्केदेखि बालकोट पुग्दासम्म ओलीलाई पार्टी कार्यकर्ताहरूको ठुलो भीडले साथ दिएको थियो।

ठुलो वर्षा भइरहँदा पनि त्यसको पर्वाह नगरी ओलीलाई साथ दिन गाडी तथा मोटरसाइकलमा आएका कार्यकर्ताको भिडले र्‍यालीकै रूप लिएको थियो। त्यसक्रममा उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतविरुद्ध नाराबाजी गरेका थिए।

सबै समाचार पढ्नुहोस्ः

• निवर्तमान प्रधानमन्त्री ओली बालुवाटारबाट बालकोटसम्म पुग्दा (फोटो फिचर)

• आत्मालोचना गरे पनि माधव नेपाललाई पार्टीमा ठाउँ छैन: ओली

४) विजयकुमार गच्छेदार १० लाख धरौटीमा रिहा

बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छेदार १० लाख धरौटीमा रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई १० लाख धरौटीमा छोडेको हो।

अदालतले दिएको म्याद कटेको झण्डै डेढ वर्षपछि उनी हाजिर भएका थिए। गच्छेदार भौतिक पूर्वाधार मन्त्री हुँदा २०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव उनको मन्त्रालयबाट गएको थियो।

सबै समाचार पढ्नुहोस्ः

• विशेष अदालतमा उपस्थित भए गच्छदार 

• १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए कांग्रेस नेता गच्छदार 

५) उपत्यकामा निषेधाज्ञा १० दिन थपियो

काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । निषेधाज्ञा लम्ब्याउँदा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय भने १ घण्टा थप गर्दै बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने बनाएको छ।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युर्टी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

सबै समाचार पढ्नुहोस्ः

• उपत्यकामा जारी निषेधाज्ञा अझ खुकुलो पार्दै १० दिन थप

• भोलिदेखि लामो दूरीका गाडी चलाउने दिने तयारी

६) मेलम्चीको पानी फागुनसम्म फेरि काठमाडौंमा ल्याउने योजना

सुरुङ सुपरीवेक्षणका लागि भन्दै लगभग महिनाको लागि बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अब सरकारले लिने निर्णयमा निर्भर हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाढीग्रस्त आयोजनाको ‘पुनःस्थापना कार्ययोजना’ तयार गरी कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अनुरोध पत्र पनि पठाएको छ ।

यसअनुसार काम भएमा आगामी माघ-फागुनसम्म काठमाडौंमा फेरि मेलम्चीको पानी ल्याउन सकिने आयोजनाको दाबी छ । गत असार १ गते सुपरीवेक्षणका लागि सुरुङ बन्द गरेको ८ घण्टा नबित्दै मेलम्चीमा ठूलो बाढी आएको थियो । बाढीबाट सुरुङ जोगिए पनि बाहिरी संरचना, ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन्।

सबै समाचार पढ्नुहोस्ः

• मेलम्चीबासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

७) मेसीले जिते पहिलो अन्तर्राष्ट्रिय उपाधि, इटाली युरोकप च्याम्पियन

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। यो लियोनल मेसीले अर्जेन्टिनाका लागि जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो। ब्राजिललाई उसकै घरेलु भूमिमा १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो।

यस्तै, इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोकप २०२० को उपाधि जितेको छ। लण्डनमा भएको फाइनलको निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ३–२ को जित निकाल्दै इटाली युरोपको च्याम्पियन बनेको हो।
सबै समाचार पढ्नुहोस्ः

• २८ वर्षपछि अर्जेन्टिनाले जित्यो अन्तर्राष्ट्रिय उपाधि

• इटालीले ५३ वर्षपछि जित्यो युरो कप

• डोनारुमा सर्वोत्कृष्ट खेलाडी, रोनाल्डोलाई गोल्डेन बुट

प्रकाशित मिति: ०१:२३ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्