Kathmandu Press

१० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए कांग्रेस नेता गच्छदार 

काठमाडौं, असार ३० : बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका छन् ।बुधबार विशेष अदालतमा...
१० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए कांग्रेस नेता गच्छदार 

काठमाडौं, असार ३० : बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका छन् ।

बुधबार विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई १० लाख धरौटीमा छोडेको हो ।

अदालतले म्याद काटेको झण्डै डेढ वर्षपछि उनी अदालतमा हाजिर भएका थिए । २०६६ चैत २९ गते बालुवाटारको प्रधानमन्त्री परिसर विस्तार गर्ने र प्रधानमन्त्री निवास परिसरमा रहेको जग्गा नक्कली मोहीलाई सट्टापट्टा दिने निर्णयको प्रस्ताव भौतिक निर्माण तथा योजना मन्त्रालयबाट गएको थियो।

त्यतिबेला माधवकुमार नेपाल सरकारमा गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए। 

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, असार ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्