Kathmandu Press

नवनियुक्त प्रधानमन्त्री देउवाको शपथमा ओली नजाने 

काठमाडौं, असार २९ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्।ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार...
नवनियुक्त प्रधानमन्त्री देउवाको शपथमा ओली नजाने 

काठमाडौं, असार २९ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज हुने देउवाको शपथ ग्रहण कार्यक्रममा ओली नजाने भएका हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका हुन्। तर नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिको व्यहोरामा विवाद भएपछि सपथ कार्यक्रममा भने ढिलाई भएको छ ।

शपथ कार्यक्रम हुने समारोहमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई, खिलराज रेग्मीलगायत उपस्थित छन्। सपथग्रहण समारोहमा सहभागी हुने उपराष्ट्रपतिसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतका राजनीतिक दलका नेताहरू शीतल निवास पुगेका छन्।

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, असार २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्