शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त
सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको ले जानकारी दिए।
शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ।
प्रकाशित मिति: १४:११ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








