Kathmandu Press

कांग्रेस सभापति देउवा मुलुकको ४३ औँ प्रधानमन्त्री, लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । उनी मुलुकको ४३औँ प्रधानमन्त्री बनेका छन्।
कांग्रेस सभापति देउवा मुलुकको ४३ औँ प्रधानमन्त्री, लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं, असार २९ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । उनी मुलुकको ४३औँ प्रधानमन्त्री बनेका छन्।

राष्ट्रपति भण्डारीले मंगलबार नै देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

Hardik ivf

गत सोमबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बेहोरा उल्लेख छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

यससँगै निवर्तमान प्रधानमन्त्री केपी ओली तीन वर्ष चार महिना २५ दिन सत्तामा बसेर बहिर्गमित भएका छन्।

प्रकाशित मिति: २०:२४ बजे, मंगलबार, असार २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्