सिरियामा इजरायली मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६ घाइते
दमस्कस, वैशाख २२ : सिरियाको लताकिया शहरमा इजरायली मिसाइलको आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्। बुधबार दक्षिणपश्चिम सिरियाको लताकिया...
दमस्कस, वैशाख २२ : सिरियाको लताकिया शहरमा इजरायली मिसाइलको आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्।
बुधबार दक्षिणपश्चिम सिरियाको लताकिया शहरलगायत हिफा, हामा प्रान्तमा इजरायली मिसाइलको आक्रमण भएको हो।
‘हाम्रो वायुसेनाले मिसाइल आक्रमणको सामना ग¥यो र तीमध्ये केही मिसाइललाई निस्कृय पारेका छौं,’ सिरिया वायुसेनाका एक अधिकारीले भने ।
लाताकिया शहरको एक प्लास्टिक कारखानामा मिसाइल आक्रमण भएको थियो । घाइतेहरुको उपचार भइरहेको अधिकारीले बताएका छन्।
प्रकाशित मिति: १३:५२ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












