Kathmandu Press

जनताको भरोसा जित्ने गरी खटिन प्रहरी महानिरीक्षक केसीको निर्देशन

प्रहरी महानिरीक्षक केसीले साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न निर्देशन दिए। उनले थप व्यावसायिक, अनुशासित, निष्ठावान् र इमानदार भएर कार्यसम्पादन गर्नुपर्ने उल्लेख गरे।
जनताको भरोसा जित्ने गरी खटिन प्रहरी महानिरीक्षक केसीको निर्देशन

काठमाडौं, मंसिर ११ : प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी, पारदर्शी, प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गरी जनताको भरोसा अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

हालै सरुवा भई आ९आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरुवा भएका अधिकृतहरूलाई उपलब्धिपूर्ण र उत्कृष्ट कार्य सफलताको शुभकामना समेत दिए।

प्रहरी महानिरीक्षक केसीले साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न निर्देशन दिए। उनले थप व्यावसायिक, अनुशासित, निष्ठावान् र इमानदार भएर कार्यसम्पादन गर्नुपर्ने उल्लेख गरे।

आआफ्नो क्षेत्रको शान्ति सुव्यवस्था प्रभावकारी बनाउन र अपराध नियन्त्रण गर्न स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नसमेत उनले निर्देशन दिए।
 

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, मंसिर ११, २०८३