वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौं, असोज २ : वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो।
नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहनुभएका गौतमको श्रीमती र दुई छोरा छन् ।
उहाँ काठमाडौँको कमलपोखरीमा जन्मिनु भएको थियो । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
प्रकाशित मिति: १५:२९ बजे, आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












