Kathmandu Press

इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए

अकार्ता, असाेज १ : इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन्।घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको...
इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए

अकार्ता, असाेज १ : इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन्।

घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि सो बारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति  मात्र प्राप्त भएको थियो।

'हामीले शुक्रबार राति जानकारी पायौं र तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गर्यौं,' उद्धार कार्यालयका प्रमुख एरिक सुबर्यान्टो सिन्ह्वालाई फोन मार्फत बताएका छन्।

विगत केही दिनदेखि परेको अविरल वर्षा,  दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन्।

खानी क्षेत्रमा खोज तथा उद्धार कार्यमा सैनिक, स्थानीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका कर्मचारी र गाउँले पनि संलग्न रहेको उनले  जानकारी दिएका छन्।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, असोज १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्