Kathmandu Press

महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन भारतीय राष्ट्रपति मुर्मु लन्डनमा

लन्डन, असोज २ : भारतका राष्ट्रपति द्राैपदी मुर्मु महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा भाग लिन लन्डन आएकी छन्।भारत सरकारका तर्फबाट शोक व्यक्त गर्न उनी बेलायतको...
महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन भारतीय राष्ट्रपति मुर्मु लन्डनमा

लन्डन, असोज २ : भारतका राष्ट्रपति द्राैपदी मुर्मु महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा भाग लिन लन्डन आएकी छन्।

भारत सरकारका तर्फबाट शोक व्यक्त गर्न उनी बेलायतको औपचारिक भ्रमणमा आएकी हुन्।  सोमबार महारानी एलिजाबेथको राजकीय सम्मानका साथ वेष्ट मिनिस्टर गिर्जाघरमा अन्त्येष्टि हुँदैछ। 

Hardik ivf

भारतका राष्ट्रपति आज महारानीको कफिनाई समाधिस्थ गरिनेस्थलमा उपस्थित हुनुहुनेछ भने बकिङघम दरबार नजिकस्थित ल्यान्कास्टर हाउसमा भारत सरकारको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुनेछ।

सोमबार बिहान ११ बजे हुने अन्त्येष्टि सेवा अघि बकिङघम दरबारमा विदेशी नेताहरूका लागि राजा चार्ल्स तृतीयाद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुहुनेछ। त्यसपछि उनी बेलायतका विदेश, राष्ट्रमण्डल र विकास मामिलामन्त्री जेम्स क्लिभरलीले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। 

बेलायतकी पूर्वराष्ट्रप्रमुख तथा राष्ट्रमण्डल प्रमुख महारानी एलिजाबेथ द्वितीयको  ९६ वर्षको उमेरमा गत भदौ २३ गते स्कटल्यान्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा निधन भएको हो।

महारानीको सम्मानमा भदौ ११ गते भारतभर राष्ट्रिय शोक मनाइएको थियो। बेलायत साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक उनी ७० वर्ष राजसिंहासनमा रिहन्। 

प्रकाशित मिति: १२:२५ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्