Kathmandu Press

आकाशमा दुई विमान ठोक्किँदा तीनजनाको मृत्यु

आकाशमा दुई विमान ठोक्किँदा तीनजनाको मृत्यु

लस एन्जलस, असाेज २ : अमेरिकाको कोलोराडो राज्यमा दुई साना विमान आकाशमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

्शरनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ। 

बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ। एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए।

युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ। 

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, असोज २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्