Kathmandu Press

भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका हुन्।
भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी

काठमाडौं, मंसिर ११ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गरेका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका हुन्। 

साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, मंसिर ११, २०८३