Kathmandu Press

लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

बुटवल, वैशाख २२ : लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार मन्त्रीहरु चेतनारायण आचार्य, भोज प्रसाद श्रेष्ठ र धर्म...
लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

बुटवल, वैशाख २२ : लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बुधबार मन्त्रीहरु चेतनारायण आचार्य, भोज प्रसाद श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तवले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार उनीहरुलाई मन्त्री नियुक्त गरेका थिए ।  

आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठ  र शिक्षा तथा सामाजिक विकास मन्त्री श्रीवास्तव बनेका छन्। 

यो सँगै पोखरेल नेतृत्वको १० सदस्यीय मन्त्रिमण्डल पुगेको छ। 

प्रकाशित मिति: १३:१५ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्