Kathmandu Press

म्यानमार सेनाले लगायो सेटलाइट टिभीमा प्रतिबन्ध 

काठमाडौं, वैशाख २२ : म्यानमारको सैन्य नियन्त्रित मिडियाले मंगलबार सेटलाइट टेलिभिजनमा प्रतिबन्ध लगाएको छ। झुठो समाचार लेखेको आरोपमा जापानी पत्रकार युकि किताजुमीलाई जेल सजाय दिएपछि...
म्यानमार सेनाले लगायो सेटलाइट टिभीमा प्रतिबन्ध 

काठमाडौं, वैशाख २२ : म्यानमारको सैन्य नियन्त्रित मिडियाले मंगलबार सेटलाइट टेलिभिजनमा प्रतिबन्ध लगाएको छ। 

झुठो समाचार लेखेको आरोपमा जापानी पत्रकार युकि किताजुमीलाई जेल सजाय दिएपछि म्यानमारको सैन्य नियन्त्रित मिडियाले अन्तार्राष्ट्रि प्रसारणले म्यानमारको सुरक्षालाई खतारामा पार्ने भन्दै प्रतिबन्ध लगाएको हो। 

Hardik ivf

‘सेटलाइट टेलिभिजनको प्रसारण अब कानुनी छैन। जसले पनि टेलिभिजन र भिडियो कानूनको उल्लंघन गर्छ, विशेष गरी सेटलाइट च्यानल प्रयोग गर्ने व्यक्तिलाई एक वर्ष कैद र पाँच लाख म्यान्मार क्याट (चार सय २० अमेरिकी डलर) जरिवाना गरिनेछ,’ म्यानमारको राज्य एमआरटीभीले भन्यो, ‘अवैध संञ्चार माध्यमले राष्ट्रिय सुरक्षा, कानूनको शासन र सार्वजनिक सुव्यवस्थालाई कमजोर पार्ने र देशद्रोह गर्नेलाई प्रोत्साहित गर्ने समाचार प्रसारण गरिरहेको छ ।’

गत फेब्रुअरी १ मा म्यानमारमा सैन्य सरकारले सत्ता कब्जामा लिइ ‘कू’ लागु गरेको थियो। हालसम्म विरोध प्रर्दशनमा सात सय ६० बढीको सेनाले हत्या गरेको छ। 

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, वैशाख २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्