Kathmandu Press

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

माओवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका ओलीले वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदैछन्।
माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं, वैशाख २२ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार विहान समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदै ओलीलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको हो । माओवादीको मंगलबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

माओवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका ओलीले वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदैछन्।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो। तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
 
प्रकाशित मिति: १२:२० बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्