Kathmandu Press

घरबाट खसेर स्वीस कुटनीतिज्ञको मृत्यु 

तेहेरान, वैशाख २२ : इरानस्थित स्वीट्जरल्याण्ड दुतावासका कुटनीतिज्ञको घरबाट खसेर मृत्यु भएको छ। मंगलबार स्वीस दूतावासका एक वरिष्ठ कर्मचारीको आफ्नै घरबाट खसेर मृत्यु भएको...
घरबाट खसेर स्वीस कुटनीतिज्ञको मृत्यु 

तेहेरान, वैशाख २२ : इरानस्थित स्वीट्जरल्याण्ड दुतावासका कुटनीतिज्ञको घरबाट खसेर मृत्यु भएको छ। मंगलबार स्वीस दूतावासका एक वरिष्ठ कर्मचारीको आफ्नै घरबाट खसेर मृत्यु भएको हो। 

इरानी संञ्चारमाध्यमले ५२ वर्षीया महिला कुटनीतिज्ञ दूतावासमा पहिलो सचिवको पदमा कार्यरत रहको बताएको छ। 

स्वीट्जरल्याण्डको परराष्ट्र मन्त्रालयले पनि आफ्नो एक कर्मचारीको दुर्घटनामा मृत्यु भएको पुष्टि गरेको छ। 

परराष्ट्र मन्त्रालयले डाटा सुरक्षा र गोपनीयता कारणहरु उद्धृत गर्दै मृत्युको अवस्था र मृतकको पहिचान बारेमा थप जानकारी दिएको छैन्।

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबिचको सम्बन्ध तोडिए लगतै स्वीसले इरानमा अमेरिकी कुटनीतिक हितको प्रतिनिधित्व गर्दै आएको छ । 

प्रकाशित मिति: ११:५७ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्