Kathmandu Press

कुशल भुर्तेल आईसिसीको ‘प्लेयर अफ दी मन्थ’का लागि मनाेनयन

काठमाडौं, वैशाख २२ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को ‘प्लेयर अफ दी मन्थ’का लागि मनाेनयनमा परेका छन्...
कुशल भुर्तेल आईसिसीको ‘प्लेयर अफ दी मन्थ’का लागि मनाेनयन

काठमाडौं, वैशाख २२ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को ‘प्लेयर अफ दी मन्थ’का लागि मनाेनयनमा परेका छन् ।

वैशाख पहिलो साता सम्पन्न त्रिकोणात्मक टि–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल अप्रिलका लािग आईसिसीको प्लेयर अफ दी मन्थको नोमिनेशनमा परेका छन् ।

‘प्लेयर अफ दी मन्थ’का लागि कुशलले दुई पाकिस्तानी खलाडी फरक जमान र बाबर अजामसँग प्रतिस्पर्धा गर्ने छन्। दुवै पाकिस्तानी खेलाडीले दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको टि–२० सिरिज मार्फत नै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले लागतार तीन अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । ४ अर्धशतकसहित कुल २७८ रन बनाएका कुशल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

उनले प्रतियोतिगामा आसिफ शेखसँग लगातार २ खेलमा शतकीय साझेदारी गर्दै अर्को विश्व कीर्तिमान पनि बनाएका थिए। सोही उत्कृष्ट प्रर्दशनपछि आईसिसीको टि–२० वरियतामा ६३औं स्थानमा आइपुगेका छन्।

कुशल, बाबर र फखर मध्ये एक भोटिङका आधारमा अप्रिल महिनाको ‘प्लेयर अफ दी मन्थ’ बन्ने छन्। आईसिसीको आधिकारी वेवसाइटमा गएर भोट गर्न सकिने छ।

 

प्रकाशित मिति: ११:४६ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्