Kathmandu Press

महिला साफ : पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता

पहिलो हाफको खेल सकिनै लाग्दा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्।
महिला साफ : पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता

काठमाडाैं, भदाै ३१ : काठमाडौंमा जारी छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले अग्रता लिएको छ।

पहिलो हाफको खेल सकिनै लाग्दा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन्।

मुख्य स्ट्राइकर सावित्रा भण्डारी बिनै मैदान उत्रिएको नेपालले पहिलो हाफमा भारतमाथि पूर्ण रुपमा दाबब बनाएको थियो।

साफ च्याम्पियनसिपमा यसअघिका पाँचैं संस्करणको विजेता भारतलाई नेपालले हराउन सकेको छैन । नेपालले भारतसँग ४ फाइलन र एक सेमिफाइनल खेलेको छ ।

प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्