Kathmandu Press

महिला साफमा भारतमाथि नेपालकाे ऐतिहासिक जित, पाँचौं पटक फाइनलमा

शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतमाथि ऐतिहासिक जित निकाल्ने नेपालले १–०को जित निकाल्यो।
महिला साफमा भारतमाथि नेपालकाे ऐतिहासिक जित, पाँचौं पटक फाइनलमा

काठमाडौं, भदौ ३१ : महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक भारतमाथि जित निकालेको छ। शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतमाथि ऐतिहासिक जित निकाल्ने नेपालले १–०को जित निकाल्यो।

यसअघिका पाँचैं संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो। जसमध्ये नेपाल ४ पटक फाइनल र एक पटक सेमिफाइनलमा पराजित भएको थियो।

यता, अघिको पाँचौं उपाधि अपराजित रहँदै जितेको भारतको यो पटक पनि लागतार दुई हार बेहोरेपछि पहिलो पटक फाइलन पुग्न असफल भएको छ। यसअघि उ समूहको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको थियो।

भारतविरुद्ध नेपाललाई जित दिलाउने क्रममा पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गरेकी थिइन्। उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन्।

पहिलो पटक साफा च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अब फाइनलमा बंगलादेशको सामाना गर्ने छ। बंगलादेशले आजै भएको सेमिफाइनलमा भुटानमाथि ८–०को जित निकालेको थियो। याेसँगै महिला साफले नयाँ विजेता पाउने छ।

प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्