यमवुद्ध फाउन्डेसनले शनिबार शान्ति दौड आयोजना गर्ने, बालेन प्रमुख अतिथि
काठमाडौं, भदौ ३१ : यमवुद्ध फाउन्डेसनले शनिबार ‘यमवुद्ध शान्ति दौड’ आयोजना गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को प्रमुख आतिथ्यमा शान्ति दौड...
काठमाडौं, भदौ ३१ : यमवुद्ध फाउन्डेसनले शनिबार ‘यमवुद्ध शान्ति दौड’ आयोजना गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को प्रमुख आतिथ्यमा शान्ति दौड आयोजना हुन लागेको हो । फाउन्डेसनले शनिबार बिहान ६ बजे नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको जमघट गराउन लागेको हो ।
नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ ।
शान्ति दौडमा मेयर बालेन्द्रसहित खेलकूद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने फाउन्डेसनले जनाएको छ । सहभागीहरुले स्व। र्यापर यमबुद्ध (अनिल अधिकारी)को तस्बिर अंकित टि–शर्ट लगाउनेछन्।

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











