Kathmandu Press

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा पुलिसलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा पुलिसलाई स्वर्ण

काठमाडाैं, भदाै ३१ : विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो। त्रिभुवन आर्मी क्लबले दिएको १ सय ४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

त्यस अघि पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो। वर्षाको कारण खेल ८ ओभरमा झारिएको थियो।

पुलिसले नवौंमा पहिलो स्वर्ण समेत जितेको छ। फाइनल गुमाएपछि आर्मीले भने रजत पदकमा चित्त बुझाएको छ। प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले कास्य पदक जितेको छ।

वर्षाका कारण खेल नभएपछि टसमा सुदुरले एनआरएनए स्पोर्ट्स एकेडेमीलाई पराजित गरेको हो। गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भएको हो।

प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको थियो।  

प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, भदौ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्