कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन
काठमाडौं, वैशाख २२ : संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ।शाख २२ र २३ गते अर्थात आज र...
काठमाडौं, वैशाख २२ : संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ।
शाख २२ र २३ गते अर्थात आज र भोलि संघीय संसदका सबै सांसदहरूको कोरोना परीक्षण हुन लागेको हो।
आज सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको स्वाब संकलन गरिने छ।
भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ।
यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो।
प्रकाशित मिति: ११:३२ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)