माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदै
काठमाडौं, वैशाख २२ : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा बुझाउँदै छ ।मंगलबारको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार...
काठमाडौं, वैशाख २२ : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा बुझाउँदै छ ।
मंगलबारको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय लगत्तै सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै व्यापक आलोचना भएपछि मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो ।
यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।
प्रकाशित मिति: ०९:०१ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)