Kathmandu Press

समुद्री संरचनामा ‘ग्लोबल वार्मिङ’ को गम्भीर प्रभाव

अघिल्लो वर्षको तुलनामा यस वर्ष समुद्रको स्थिरतामा सोचेभन्दा ठूला परिवर्तन देखिएका छन् । गत बुधबार प्रकाशित अध्ययन रिपोर्टले विश्वव्यापी रूपमा तापमान स्थिर राख्ने...
समुद्री संरचनामा ‘ग्लोबल वार्मिङ’ को गम्भीर प्रभाव

अघिल्लो वर्षको तुलनामा यस वर्ष समुद्रको स्थिरतामा सोचेभन्दा ठूला परिवर्तन देखिएका छन् । गत बुधबार प्रकाशित अध्ययन रिपोर्टले विश्वव्यापी रूपमा तापमान स्थिर राख्ने प्रणाली र समुद्री जीवनबारे थप चेतावनी दिएको छ । जर्नल नेचरमा प्रकाशित रिपोर्टअनुसार ५० वर्षको तथ्यांक विश्लेषण गर्दा समुद्री सतह र गहिराइबीचको अन्तर बढ्दो क्रममा पाइएको छ । मौसम परिवर्तनले समुद्रको मिश्रणमा पनि परिवर्तन ल्याउँदै गएको अध्ययनबाट पत्ता लागेको छ ।

समुद्री सतहमा पानी तातो हुन्छ । त्यसैले गहिराइको पानीभन्दा सतहको पानी पातलो हुन्छ । यो जलवायु परिवर्तनको एक असर हो ।
हिउँ र हिम नदीबाट पग्लिएको ताजा पानी अधिक मात्रामा समुद्रसम्म पुर्‍याउने कारण ‘ग्लोबल वार्मिङ’ बनेको छ । यसले माथिल्लो सतहको पानीको नुनिलोपन र घनत्व घटाउँदै लगेको छ ।

समुद्री तहहरूबीचको घनत्वमा बढ्दो भिन्नताले मिश्रण अझ कडा बनाउँछ, जसका कारण समुद्रको गहिरो क्षेत्रमा अक्सिजन, तातोपन र कार्बन पुग्न कम हुँदै गएको छ । ‘तेलको माथिल्लो सतहमा रहने पानीजस्तै वायुमण्डलको सम्पर्कमा हुने सतहको पानी पनि महासागरसँग कम मात्रा मिश्रित हुन्छ,’ सोर्बान युनिभर्सिटी तथा फ्रान्सका सीएनआरएस नेसनल साइन्टिफिक रिसर्च सेन्टर प्रमुख हुवाँ बाप्टिस्ट सलीले भने । उनका अनुसार समुद्रमा बढ्दो परिवर्तन नियालिरहेका वैज्ञानिकहरूले त्यस्तो बदलाव ६ गुणाभन्दा तीव्र गतिमा भइरहेको पत्ता लगाएका छन् ।

Hardik ivf

अध्ययनमा सन् १९७० देखि २०१८ बीचको विश्व तापमान र नुनिलोपनाको अध्ययन गरिएको थियो, जसमा विद्युतीय प्रणालीबाट गणना गरिएका स्तनधारी जीवलाई पनि समेटिएको थियो । यो अध्ययन खासगरी गर्मीयाममा केन्द्रित थियो । समुद्री सतह र गहिराइबीचको ब्यारियर लेयर मजबुत रहेको बताइने गरेको थियो । तथापि, त्यसबीचको घनत्व मापन गर्दा हालसम्म बनाइएको धारणा गलत सावित भएको छ । र, हालसम्म सोचिएभन्दा फराकिलो रहेको पत्ता लागेको छ ।

अनुसन्धानकर्ताले उनीहरूको अपेक्षाविपरीत मौसम परिवर्तनले हावालाई बलियो बनाएको पत्ता लगाएका छन् । र, यसले आधा शताब्दीभित्र हावाले समुद्री सतहको गहिराइलार्ई पाँचदेखि १० मिटर गहिरो बनाउने गरेको छ । यस सतहमा समुद्री जनावरको विशेष संख्या बसोबास गर्छन्, जो आफ्नो आहारका लागि ‘फाइटोप्ल्याङटन’ (आफ्नो पोषण आफैँ गर्ने समुद्री वस्तु)मा निर्भर छन् । हावा बढ्नासाथ ‘फाइटोप्ल्याङटन’ गहिरो भागमा लुक्छन्, प्रकाशबाट टाढा । त्यसबाट तिनीहरूलाई बढ्न मद्दत गर्छ । त्यसबाट आहारको बृहत जालो नष्ट हुन्छ ।

‘यो सानो परिवर्तन होइन, जो केवल केही विशेषज्ञले ख्याल गरेका छन्,’ सलीले एएफपीसँग भने, ‘यसले हाम्रा महासागरहरूको अन्तर्निहित संरचनामा भएको मौलिक परिवर्तनलाई प्रतिनिधित्व गर्छ । हामीले अहिलेसम्म सोचेभन्दा बढी ।’

गहन चिन्ता 

जलवायु परिवर्तनका लागि अन्तर–सरकारी प्यानल (आईपीसीसी) का अनुसार मौसम परिवर्तनको प्रभाव कम गर्न मानव निर्मित सीओ–२ को एक चौथाइ हिस्सा र ग्रिन हाउस ग्यासको प्रभावका रूपमा बढ्दो तापक्रमको ९० प्रतिशतभन्दा बढी हिस्सा सोस्न महासागरहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।

‘मौसम परिवर्तनलाई प्रतिरोध गर्न सागरको भूमिकालाई स्थिर बनाउँदा त्यसले अझ गाह्रो परिस्थिति सिर्जना हन्छ किनकि समुद्रले यो विशाल मात्राको ताप र कार्बनलाई सोस्दा झन् गाह्रो भएको छ,’ सलीले भने ।

वैज्ञानिकहरूले महासागरहरूमा तापक्रम बढ्दा उत्पन्न हुने सम्भावित असरबारे चेतावनी दिइरहेका छन् । सन् २०१९ मा यूएस प्रोसिडिङ अफ नेसनल एकेडेमी अफ साइन्सेस्मा प्रकाशित अनुसन्धानले मौसम परिवर्तनले शताब्दीको अन्त्यसम्ममा महासागरमा जीवित प्राणीहरूको ठूलो हिस्सा नाश हुन सक्ने औँल्याएको थियो ।

मौसम वैज्ञानिक माइकल मनका अनुसार सन् १९६० देखि २०१८ सम्म विश्वव्यापी समुद्री स्तरीकरण पाँच दशमलव तीन प्रतिशतले बढेको पाइएको छ । यसबाट गहिरो चिन्तामा वैज्ञानिकहरू देखिन्छन् ।

गत फेब्रुअरीमा ‘नेचर जियो साइन्स’मा प्रकाशित अनुसन्धानले पनि उत्तरी भागतर्फ खाडीहरूको प्रवाह देखाएको छ । विशाल उष्ण तापमानसहितको महासागरीय प्रवाहले युरोपको मौसमलाई प्रभावित बनाउन थालेको छ । र, अमेरिकाको तटीय क्षेत्रमा समुद्रको स्तर एक हजार वर्षयताकै कमजोर छ । यो जलवायु परिवर्तनको असर भएको ठहर वैज्ञानिकहरूको छ ।

ग्रिनल्यान्डको तटीय क्षेत्रमा पग्लिएको बरफ र बढ्दो वर्षात्ले सागरको माथिल्लो भागमा ताजा पानीको मात्रा बढाएको उनीहरूले बताएका छन् । त्यसले भूमध्य रेखाबाट उत्तरतर्फ न्यानो र नुनिलो सतहको पानी प्रवाहित गर्ने सामान्य चक्रलाई बाधा पुर्‍याउने कम लवणतायुक्त गहिरो पानीलाई दक्षिणतर्फ नै धकेल्छ । 
–    साइन्स अर्लट डट कमबाट 

प्रकाशित मिति: ०६:३४ बजे, आइतबार, चैत १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्