Kathmandu Press

सुनसरीमा बस–माइक्रो ठोक्किए, ४ को मृत्यु, २३ यात्रु घाइते (सूचीसहित)

दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो। 
सुनसरीमा बस–माइक्रो ठोक्किए, ४ को मृत्यु, २३ यात्रु घाइते (सूचीसहित)

सुनसरी, साउन २६ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन्। दुर्घटनामा २३ जना घाइतेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाउकाे छ।

दुर्घटनामा माइक्राेकाे अगाडिकाे भाग पूर्णरूपमा क्षति भएकाे छ।

Hardik ivf

दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो। 

दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते सात जना प्राथमिक उपचार पछि डिस्चार्ज भएकाे प्रहरीले जनाएकाे छ।

घाइतेमध्ये मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेका छन । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केही मध्यम चोटग्रस्त छन्। उनीहरुको उपचार बिराटनगरस्थित गोल्डेन अस्पताल, बिराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा भइरहेको छ।

सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

घाइतेको विवरण :

१) अम्बिका राई, मोरङ सुन्दरहरैचा–९

२) निरुता परियार, खोटाङ रावावेसि–२

३) निर्मल परियार, ३८ वर्ष, खोटाङ

४) रबिन्द्र प्र. मण्डल, सप्तरी मन्धवे–६

५) रेनुका श्रेष्ठ, ५० वर्ष, उदयपुर चौदण्डीगढी–५

६) खगेन्द्र थापा, ३८ वर्ष, झापा शिवसतासी–५

७) सन्तोष खत्री, ५३ वर्ष, झापा भद्रपुर–९

८) दिपक बि.क., २० वर्ष, उदयपुर बेलस्रोत–१

९) सविन राई, ३६ वर्ष, इलाम चुलाचुलि–३

१०) रविन्द्र मेहता, सप्तरी धिकुति–६

११) जिवछ महात्मा, ६८ वर्ष, सप्तरी गोईठी–३

१२) नेत्रलाल गिरी, ८४ वर्ष, खोटाङ हलेसी तुवाचुङ–१०

१३) केदार गिरी, अन्दाजी ३९ वर्ष, खोटाङ

१४) सत्य राई, २० वर्ष, झापा अर्जुनधारा–१

१५) रुद्र राय, १० वर्ष, सप्तरी राजविराज–६

१६) सोभा यादव, ४८ वर्ष, मोरङ विराटनगर–१०

१७) प्रमोद रजक, ४४ वर्ष, सप्तरी राजविराज–१२

१८) रवि राय, २२ वर्ष, सप्तरी तिलाठी–५

१९) भोला यादव, २४ वर्ष, सप्तरी राजविराज–२

२०) प्रदिप यादव, अन्दाजी ३५ वर्ष, सप्तरी राजविराज तेतरी गाछी

२१) जोगिन्द्र दास (बाबा), ६० वर्ष, सुनसरी कोशी गा.पा.–६

२२) अमृता राय, ३० वर्ष, सप्तरी डाक्नेश्वरी–३

२३) सन्तोष बास्तोला, २१ वर्ष, सप्तरी राजविराज–४
 

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, साउन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्