उषाकिरणले एमाले परराष्ट्र विभागबाट राजीनामा दिने
एमालेको परराष्ट्र विभागमा नबस्ने भन्दै उक्त जानकारी उषाकिरणले परराष्ट्र विभाग सचिव रघुवीर महासेठलाई गराएकी छन्।
काठमाडौं, साउन २६ : एमालेका दिवंगत नेता मदन भण्डारीकी छोरी उषाकिरणले नेकपा (एमाले) को परराष्ट्र विभागबाट राजीनामा दिने भएकी छन्।
एमालेको परराष्ट्र विभागमा नबस्ने भन्दै उक्त जानकारी उषाकिरणले परराष्ट्र विभाग सचिव रघुवीर महासेठलाई गराएकी छन्।
विभाग प्रमुखलाई आफू पदमा नबस्ने जानकारी गराए पनि लिखित राजीनामा भने आइनसकेको बताइएको छ। उनी हाल मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष रेकी छन्।
एमाले पूर्वउपाध्यक्ष रहेकी विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयपछि उषाकिरणले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी थिइन्।
प्रकाशित मिति: १३:५७ बजे, सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)





-1765194974.jpg)


