Kathmandu Press

लामिछानेको मानवअधिकार र स्थानान्तरणप्रति आयोगको चासो

अनुगमनमा पुगेकी आयोगकी सदस्य लिली थापाले कारागार सरुवाका लागि निवेदन दिए पनि लामो समयसम्म सरुवा नगरिएको जानकारी संचारकर्मीलाई दिएकी छन्।
लामिछानेको मानवअधिकार र स्थानान्तरणप्रति आयोगको चासो

रुपन्देही, साउन २६ : राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्थानान्तरण नभएकोप्रति चासो व्यक्त गरेको छ। 

आयोग टोलीले भैरहवा कारागारमा पुगेर लामिछानेलाई भेटेपछि उक्त चासो प्रकट भएको हो। 

Hardik ivf

अनुगमनमा पुगेकी आयोगकी सदस्य लिली थापाले कारागार सरुवाका लागि निवेदन दिए पनि लामो समयसम्म सरुवा नगरिएको जानकारी संचारकर्मीलाई दिएकी छन्। अदालतबाट अनुमति भइसकेपछि पनि रोकेको भनाई थापाको छ। 

उनले यस विषयमा काठमाडौं गएपछि कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन्। अनुगमनबाट कारागारको २५० जनाको क्षमता रहेकोमा ७०० कैदी राखिँदा कैदीहरूको मानव अधिकारको अवस्था दयनीय बनेको पाइएको थापाको भनाई छ। 

उनले ठूलो कोठामा त्यहीँ बाथरुम, त्यहीँभित्र ट्वाइलेट एट्याच रहेको बताउँदै सुरक्षाको कारण भनेर बाहिर घुमफिर गर्न नदिइएको पाइएको जानकारी पनि दिइन्। 

लामिछनने सहकारी ठगी र संगठित अपराधको आरोपमा अदालतको आदेश अनुरुप पुर्पक्षका लागि थुनामा छन्। 
 

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, साउन २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्